निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण–न्यौपाने

आदर्श अनलाइन, बागलुङ
मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बिहीबार पत्रकारसँग भेटघाट गर्दै न्यौपानेले यसभन्दा अघिका निर्वाचन जस्तै शान्तिपूण बनाउन नागरिकलाई सचेत बनाउनु पर्नमा जोड दिनुभयो ।

यो समयमा पत्रकारलाई गलत सुचना आउनक्ने भन्दै पुष्टि गरेर मात्रै समाचार सम्प्रेसण गर्न आग्रह गनुभयो । उहाँले पत्रकारले पनि पत्रकारसँगै निर्वाचन आचरसंहिता पालना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा कर्मचारीहरु समेत खटिने भन्दै विभिन्न संगठनहरुका प्रमुख तथा मुख्य पदमा रहेकाहरुलाई भने नखटाउने बताउनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पत्रकारहरुले सबैसँग समन्वय गरेर सुचना सम्प्रेसणमा लाग्न आग्रह गर्नु भयो । उहाँले पत्रकारहरुलाई सूचनाहरु सहज रुपमा सूचना उपलब्ध गराउन आफूहरु प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी दयानिधी ज्ञवाली, सशस्त्र प्रहरीका डिएसपी रमेश कुमार गुरुङ, अनुसन्धान सहायक दीपक लामिछाने, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजाल लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *