धौलागिरीमा अब बोतलको शुद्ध पानी रु.१६, जारको ५० मा पाइने

आदर्श अनलाइन,बागलुङ

धौलागिरी क्षेत्रमा प्रशोधित शुद्ध पिउने पानीको मुल्य घटाइएको छ ।

गण्डकी प्रदेशभर एकै मूल्य निर्धारण गर्ने निर्देश अनुसार बागलुङ, पर्वत र म्याग्दीमा उत्पादन हुुने पानीको नयाँ मुल्य निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको पहलमा बुधबार बसेको सरोकारवालाको बैठकले मिनिर वाटर बोतलको जम्मा १६ रुपैयाँ कायम गरेको छ भने जारको पानीको मुल्य जम्मा ५० रुपैयाँ कायम गरिएको प्रमुुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।

यसअघि प्रति जारको मुल्य ६० रुपैयाँ थियो भने बोतलको पानीको मुल्य प्रति बोतल २५ मा बिक्री बितरण हुँदै आएको थियो। परिवर्तित मुल्य अनुसार बिक्री बितरण भए नभएको बारे अनुगमन समेत गरिने प्रजिअ क्षत्रीले बताउनुभयो ।

नयाँ निर्धारित मुल्यमा पानी विक्री वितरण गर्न सवै उत्पादक कम्पनी र व्यवसायीलाई आग्रह गरिएको छ । बागलुङमा महालक्ष्मी मिनरल एण्ड वेभरेज प्रालिद्वारा उत्पादित ‘कालिका’ पानी र कर्माचार्य ब्रदर्श मिनरल वाटर एण्ड वेभरेज इन्डष्ट्रिज कुश्मा–८ पर्वत र म्याग्दीबाट प्रशोधित पानी धौलागिरीमा विक्री वितरण हुँदै आएको छ ।बैठकको निर्णय यस्तो छ ।

यो पनि पढ्नुहोस्

preload imagepreload image