ध्रुव श्रेष्ठ
तुलनात्मक राजनीति तुलनात्मक राजनीति भनेको राजनैतिक संस्था तथा सरकारसँग सम्बन्धित विविध प्रकारको तत्वहरुको तुलनात्मक अध्ययन, विवेचना र विश्लेषण हो । तुलनात्मक राजनीतिलाइ राजनैतिक संस्था र राजनैतिक व्यवहारको कार्यप्रणालिमा महत्वपूर्ण नियमितता (consistency), समानता (similarities) र असमानता (differences) हरुको तुलनात्मक अध्ययन भनेर पनि बुझ्न सकिन्छ । हेरोडोटस र अरस्तुको पालादेखिनै राजनितीक मुल्य, मान्यता, संस्था, सरकार र राजनितीक व्यवस्थाहरुमा विविधताहरु जिवन्त रहि आएकाछन । यीनै विविधताहरुमा समान तत्वहरु के के छन भनि अध्ययन गर्ने प्रयासहरु बारम्बार हुँदै आएकाछन ।
तुलनात्मक राजनीति र तुलनात्मक सरकार फरक हुन । तुलनात्मक सरकार, तुलनात्मक राजनीतिको एक अंग हो । तुलनात्मक सरकारको कार्यक्षेत्र, तुलनात्मक राजनीतिको तुलनामा धेरै नै संकुचित रहेको छ । तुलनात्मक सरकार वा शासनको प्रयोग राज्यहरु, राजनैतिक दलहरु र तिनीहरुको कामसंग सम्बन्धित छ भने तुलनात्मक राजनीति, राजनीतिक व्यवहारको संपुर्ण कार्यप्रणालिसंग जोडिएको छ । देउवा सरकार, गिरिजा सरकार, मनमोहन अधिकारीको सरकार, प्रचण्ड सरकार,ओलि सरकारवीचको समानता, फरक तथा यि सरकारको पालामा ल्याइएको निति तथा कार्यक्रमको अध्ययन तथा विश्लेषण तुलनात्मक सरकार हो भने जहाँनिया राणा शासन, पंचायति व्यवस्था, बहुदलीय व्यवस्था, संघीय गणतान्त्रिक व्यवस्थाविचको अध्ययन, विश्लेषण, चीरफार तुलनात्मक राजनीति हो ।
तुलनात्मक राजनीतिको प्रकृति क) तुलनात्मक राजनीति एक लम्बात्मक तुलनात्मक अध्ययन (vertical comparative study) हो । ख) तुलनात्मक राजनीति एक अनुप्रस्थ तुलनात्मक अध्ययन (horizontal comparative study) हो ।
क) यो धारणा अनुसार तुलनात्मक राजनीति एउटै देशका विभिन्न प्रदेशस्तरमा स्थापित सरकार र यीनलाइ प्रभावित गर्ने राजनैतिक व्यवहारको तुलनात्मक विश्लेषणको अध्ययन हो । जस्तो कि आम आदमि पार्टीको दिल्ली सरकार, उत्तराखण्डको योगि सरकार, विजेपिको मोदि सरकारविचको तुलनात्मक अध्ययन यो धारणा अन्तर्गत पर्दछ । आम आदमि पार्टीको भ्रष्टाचार विरोधि अभियान, जनता पहिलो निति र योगि सरकारको हिन्दुवादि नितिविचको अध्ययन यस अन्तर्गत पर्दछ ।
ख) यस धारणा अनुसार तुलनात्मक राजनीतिको अध्ययन राष्ट्रिय सरकारको पनि हुन सक्छ र अन्य राष्ट्रहरुको सरकारको पनि हुन सक्छ । यस्तो तुलना नै वास्तविक तुलनात्मक राजनीति हो र राजनैतिक व्यवहारहरु बुझ्नमा सहायकसिद्ध हुन्छ । यो तुलना समय र भुगोलभन्दा पर हुन्छ । यस अध्ययनबाट एक देशको राजनैतिक व्यवस्थाको राजनैतिक व्यवहार पनि बुझ्न सकिन्छ र अर्को राष्ट्रको राजनैतिक व्यवस्थाको राजनैतिक व्यवहारबाट उसको तुलना गर्न सकिन्छ । यहि धारणा नै तुलनात्मक राजनीतिको वास्तविक प्रकृति बुझ्नमा मद्दतगार सावित हुन्छ ।यसरी तुलनात्मक राजनीतिको प्रकृतिको अध्ययनबाट यो स्पष्ट हुन्छ कि यी एक अर्काका पुरक हुन् र राजनैतिक व्यवस्थाको कार्यप्रणाली र तिनीहरूको व्यवहार बुझ्नमा सहायक छन । यीनकै माध्यमबाट राजनैतिक व्यवहारमा समानताहरु र असमानताहरु बुझेर तुलनात्मक राजनीतिका बारेमा सामान्य सिद्धान्तहरुको निर्माण गर्न सकिन्छ ।
तुलनात्मक राजनीतिको महत्व
१. राजनैतिक व्यवहार बुझ्न
२. राजनीतिलाई वैज्ञानिक स्वरुप दिन
३. राजनैतिक सिद्धान्त निर्माण गर्न
४. प्रचलित राजनैतिक सिद्धान्तहरु सहि भए नभएको प्रमाणित गर्न । नेका र नेकपा माओवादिविचको सत्ता गठबन्धन यो विचार विनिमयको राजनीति हो । सत्ता नै सबैथोक हो र सत्ताका लागि नेताहरु जे गर्न पनि सक्छन् भन्ने कुराको घोतक पनि हो अहिलेको गठबन्धन । नेकपा एमालेलाई स्पष्ट थाहा छ, नेकपा माओवादीका लागि गठबन्धन सत्ता प्राप्तिको एउटा साधन मात्र हो किनकि नेकपा माओवादीसंग एकल सरकार बनाउन सक्ने ल्याकत छैन । न त नेकासंगै । तसर्थ नेकपा एमाले पुन: उहि गल्ती दोहोर्याउन चाहादैन । राजमो, एकीकृत समाजवादी र नेकपा माओवादीसम्मको गठबन्धन सहि नै ठान्न सकिएला । तर नेपाली काँग्रेससंगको गठबन्धनलाई कसरी जायज मान्न सकिएला र ? विपरीत ध्रुवविचको एकत्व ! एक बुर्जुवा शक्ति अर्को सर्वहारा !!! एउटा उदार पुँजिवादको वकालत गर्छ अर्को राज्य नियंत्रित पुँजीको ।
संभावना छ । त्यो संभावना भनेको कि माओवादी बुर्जुवा शिविरमा लाग्नु पर्यो या काँग्रेस सर्वहारा शिविरमा । नेतृत्वले सग्लो माओवादी या सग्लो काँग्रेस नै फरक शिविरमा कसरी समायोजन गर्न सक्लान ! प्रचण्डसंग नेपाली राजनीतिको मौलिक अनुभव छ त्यो के भने जनसंघर्षबाट गणतन्त्रको घोषणा । अनि यसक्रममा मोहन बैध्य, मणि थापा, बाबुराम भट्टराई, राम थापा बादल, टोपबहादुर रायमाझी लगायतले पार्टीबाट विद्रोह गरेको ।
म आशावादी छु छिट्टैनै सग्लो माओवादी बुर्जुवा शिविरमा हुनेछ या सग्लो काँग्रेस सर्वहारा शिविरमा । शुभकामना क प्रचण्ड र शेर बहादुर देउवालाई । गठबन्धन अलोकतान्त्रिक छ । गठबन्धन सत्ता प्राप्त गर्ने साधन हो । गठबन्धनले सत्तालाई केन्द्रमा राख्छ । यसका लागि जस्तोसुकै सर्तहरू मान्य हुन्छन् । यो विचार विनिमयको राजनीति हो । गठबन्धनले कुनै एक विचारको प्रतिनिधित्व गर्दैन । फलस्वरूप सत्ता अस्थिर हुन्छ । यसले लोकतान्त्रिक पद्धतिलाई पुरै उपेक्षा गर्दछ । पछिल्लो उदाहरण हेरौं । नेकपा एमालेको संसदमा बहुमत छ । नेपाली कांग्रेस र नेकपा माओवादीको कम सिट छ । तर सरकार काग्रेस र माओवादीको छ । यो सरासर अलोकतान्त्रिक हो । यो जनमतको अनादर हो । भोलिको चुनावपछि पनि यहि अवस्था हुन सक्छ । त्यसैले गठबन्धन अलोकतान्त्रिक छ । गठबन्धनलाई तुलनात्मक राजनीतिक तराजुमा कुनै कोणबाट पनि सहि अभ्यास प्रमाणित गर्न सकिदैन । राजनैतिक व्यवहारमा यो सत्ता प्राप्तिको भर्याङ हो । दुई तिहाईका कककावजुद नेकपाको सरकार ढल्यो । क प्रचण्डले सत्तामा पुग्न नपाएकै कारण यो गठबन्धन टुटेको थियो । वैज्ञानिक स्वरुपमा यो ठिमाहा (खच्चड) हो । सिद्धान्तका रुपमा वुर्जुवा र सर्वहारा विरोधी चरित्र हो । अनि न त यसले पुर्णरुपमा नेकाको प्रतिनिधित्व गर्छ न त माओवादीको नै । समाजवादी र राजमोको त कुरै छाडौं । तुलनात्मक राजनीतिको तराजुमा यो गठबन्धनलाई कसरी व्याख्या , विश्लेषण र विवेचना गर्ने यो जिम्मेवारी यहाँ पाठकवर्गहरुलाई नै ।
अझै पनि बिग्रेको छैन । नेपाली काँग्रेस र नेकपा माओवादीलाई भुल सुधारको सुविधा अझै पनि छ । नेपाली राजनीतिलाई लोकतान्त्रिक पद्धतिमा ढाल्नका निम्ति । गठबन्धन तोड्नुहोस् र एकलरुपमा चुनाव लड्नुहोस । एकल चुनावबाट जुन मत प्राप्त हुन्छ त्यो मात्र तपाइको जनमत हो । जित्नुहोस शुभकामना छ । हार्नुभयो भने स्वीकार गर्नुहोस् र वहुदलिय प्रतिस्पर्धामा आफुलाइ उत्कृष्ट सावित गर्न मेहनत गर्नुहोस । अर्कोपटक बहुमत सहित जित हात पार्नुहोस ।
नेकपा एमाले राजनीतिको मुलधार हो । नेपाली राजनीतिमा विगत ३ दशकदेखि नेकपा एमालेले आफुलाई मुलधारको राजनीतिक दलमा स्थापित गरेको छ । जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा आफुलाई उत्कृष्ट सावित गर्दै पटकपटक जनताबाट अनुमोदित भएको छ । र अहिले पनि गठबन्धनका विरुद्ध उभिएर मुलधारको राजनीति गरिरहेको छ । नेकपा एमालेले गठबन्धन सरकारको अव्यवहारीक राजनीतिक खिचडी भोगिसकेको छ । अहिले नआए पनि कालान्तरमा नेका र माओवादी केन्द्रले रोज्ने बाटो यहि नै हो । विकल्प छैन ।
नेकपा एमालेले जित्छ । नेकपा एमाले वैचारिक रुपमा, साँगठानिक रुपमा र सत्ता परिचालनको हकमा परिपक्व पार्टी हो । म मात्र जित्छु , अरु सबै हार्छन, घमण्ड हो । म जित्छु, आत्मविश्वास हो । नेकपा एमाले आत्मविश्वासका साथ चुनावमा होमिएको छ । नेकपा एमालेमा देखिएको अभुतपुर्व एकता आत्मविश्वासको आधार हो । गठबन्धन अलोकतान्त्रिक छ त्यसैले त उ रक्षात्मक छ । ५/५ दलविच गठबन्धन हुँदा पनि उनिहरु ढुक्क छैनन् । भलै नेकपा एमाले संख्याको हिसावले हारोस तर यो उसको ठूलो राजनितिक जित हुनेछ । नेकपा एमालेले जित्छ ।