चुनावमा केन्द्रित बन्यो एमाले : बानपा २ मा सम्पर्क कार्यालय स्थापना

रोहन जि।सी, बागलुङ

नेकपा एमाले बागलुङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिएको छ । निर्वाचनका गतिविधिलाई बढाउन नेकपा एमाले बागलुङ नगरपालिका वडा नम्बर २ मा सम्पर्क कार्यालय उद्घाटन गरेकाे हाे ।

धौलागिरी अस्पताल नजिकै शनिबार स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य तथा बानपा वडा नम्बर २ का प्रस्तावित वडा अध्यक्षका उम्मेदवार रामबहादुर जिसीले नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि बोल्दै एमाले नेता जिसीले नेकपा एमालेले गरेका राम्रा कामहरुलाई जनताका सामु देखाई, निर्वाचनमा मात्र नभई एमाले देश र जनताका लागि सधैं मुख्य स्थानमा रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचन लाई एमालेको पक्षमा पार्नका लागि सम्पर्क कार्यालय बाट निर्वाचन तयारी, प्रचार प्रसार लगायतका गतिविधि अगाडी बढाईएको बताउनुभयो ।

निर्वाचनको गतिविधिहरुलाई तीव्र गतिमा बढाउनका लागि एमालेको सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमालेका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख गणेश पौडेल (चन्द्र)ले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *