बागलुङ नगरपालिकाको उपमेयरमा रिजालको स्वतन्त्र उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाको उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्ररुपमा उम्मेदवारी दिनुभएको छ ।

बागलुङ नगरपालिकाको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा आज एक जनाको मात्रै उम्मेदारी दर्ता भएकोमा रिजालको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

उहाँले आज दिनभरमा उपप्रमुख पदमा एक जनाले मात्रै उम्मेदवारी दर्ता भएको बताउनुभयो । बागलुङ नगरपालिका–३ स्थित रिजालले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । मनोनयनका लागि दुई दिनको समय भएपछि ठूला दलहरुले भोलीमात्रै उम्मेदवारी दर्ता गराउने बुझिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *