बागलुङमा गठबन्धनको छलफल अबरुद्ध


आदर्श अनलाइन, बागलुङ

बागलुङमा तीन दिनदेखि चलिरहेको पाँच दलीय गठबन्धको बैठक अहिले सम्म निश्कर्षविहिन भएको छ । १० पालिका रहेको बागलुङमा पाँच दलीय गठबन्धले पालिका भागवण्डा टुङ्गाउन सकेको छैन ।

भागबण्डा नमिल्दा गठबन्धनको बैठक अबरुद्ध भएको माओवादी केन्द्रका नेता अनिल गैरेले बताउनुभयो । गठबन्धनका नेताहरुले गठबन्धन टुटेको नभई तत्कालका लागि बैठक अबरुद्ध भएको जनाएका छन् । अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रि जनमोर्चा, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीको बैठक निश्कर्षमा आउन नसकेको बताएका छन् ।

गठबन्धनमा पालिका भागबण्डा नमिल्दा ठूला दलले आज मनोनयन दर्ता समेत गरेका छैनन् । गठबन्धमा बिरोध जनाउदै केही गठबन्धका नेताहरले स्वतन्त्र उम्मेद्वारी दर्ता समेत गराएका छन् । गठबन्धमा रहेको राष्ट्रिय जनमोर्चाकका नेतृ रुद्रा कुमारी क्षत्रीले जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतनत्रबाट उम्मेदवारी दिनुभएको छ ।

“तत्कालका लागि गठबन्धको बार्ता रोकिएको हो, यस्लाई गठबन्धन टुटेको भन्न मिल्दैन, अहिले हामी आफ्नै पार्टीको छलफलमा छौं” नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष अनिल गैरेले भन्नुभयो “अहिले गठबन्धको बैठक अबरुद्ध मात्रै भएका भन्न सकिन्छ, अहिले म आफ्नै पार्टीको छलफलमा छु, गठबन्धन पूर्ण रुपमा टुटेको होइन, पुन बैठक बस्न सक्नेछ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *