बागलुङमा गठबन्धनको तालमेल सकियो

जिल्ला समन्वय समितिसम्म भागवण्डा

आदर्श अनलाइन, बागलुङ
आगामी स्थानीय निर्वाचनका लागि ५ दलीय गठबन्धनले भागवण्डा मिलाएको छ । स्थानीय १० पालिकासंगै जिल्ला समन्वय समितिमा समेत दलहरुले भागवण्डा मिलाएका छन् ।

लगातार ४ दिनसम्म भएको छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा, उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।

बागलुङका ४ नगरपालिका मध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यस्तै ६ गाउँपालिका मध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको छ ।

गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा एकीकृतले पाउने भएका छन् । सबै वडामा समेत भागवण्डा मिलाएका छन् ।

नेकपा एकीकृत समाजवादीले बागलुङ नगरपालिका वडा नम्बर २, जनमोर्चाले बागलुङ
नगरपालिका वडा नम्बर १२ र काठेखोला वडा नम्बर ४ पाएपछि सहमति जुटेको एक नेताले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *