बागलुङ एमालेले टुङ्गायो उम्मेदवार, बानपामा पुन पौडेल


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यस अघिनै उम्मेदवार टुङ्गाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपा एमाले गण्डकी प्रदेशको निर्णय अनुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरेको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाउनुभएको छ । जनकराज पौडेल यसअघि बागलुङ नगरपालिकाको नगर प्रमुख समेत हुनुहुन्थ्यो ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ उँपालिकाको अध्यक्षमा प्रदिप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई एमालेले टिकट दिएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै एसअघिनै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *