कांग्रेसले टुङ्गायो बागलुङमा उम्मेदवार


आदर्श अनलाइन, बागलुङ
निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बागलुङमा उम्मेदवार टुंगाएको छ ।
सत्ता गठबन्धन दल भित्रको भागवण्डामा काँग्रेसले प्राप्त गरेका पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी टुंगाएको छ ।

काँग्रेसकोले बागलुङ नगरपालिकाको नगरप्रमुखमा बसन्त कुमार श्रेष्ठ, गलकोट नगरपालिकाको नगरप्रमुखमा भरत शर्मा गैरेलाई नै पुन उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी काठेखोला गाउँपालिकाको अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी, निसीखोला गाउँपालिकाको अध्यक्षमा सुर्यबहादु घर्ति र तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काँग्रेसको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा हरिहर शर्मा, ढोरपाटन नगरपालिकाको उपप्रमुखमा धनबहादुर कायत कल्याण, ताराखोला गाउँपालिकाको उपप्रमुखमा भिम बहादुर रोका, र बरेङ गाउँपालिकाको उपप्रमुखमा दिलिप कुमार पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसले जनाएको छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *