बागलुङ नगरमा हाल सम्म दुई–दुई जनाले गरे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता


–आदर्श अनलाइन, बागलुङ
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बागलुङ नगरपालिकाको नेतृत्वका लागि हाल सम्म १२ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिन उपमेयरमा ताराकुमारी रिजालको स्वतन्त्र उम्मेदवारी मात्रै परेको थियो । अहिले २ बजे सम्म जम्मा ११ जनाले उम्मेदारी दर्ता गराएका छन् । हाल सम्म मेयर पदका लागि विवेकशिल साझापार्टीबाट सुरज खड्का, नेपाल दलीत पार्टीका तर्फबाट मेयर पदमा भक्तबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा अहिले सम्म दुई जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ताराकुमारी रिजालले स्वतन्त्र उम्मेदवारी र नेपाल दलित पार्टीबाट शान्ती नेपालीले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा विवेकसिल साझापार्टीको तर्फबाट राजेश श्रेष्ठ, बागलुङ नगरपालिका–३ को वडा अध्यक्षमा स्वतन्त्रबाट बाबुलाल शाक्य, बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा स्वतन्त्रबाट रामराज गुरुङ, यस्तै २ नम्बर वडा अध्यक्षमा नेकपा एमालेको तर्फबाट राम बहादुर जिसी र नेकपा एमालेबाट बागलुङ नगरपालिका–३ को वडा अध्यक्षमा कमल खड्काले उम्मेदवारी दिनुभएको छ । यस्तै बागलुङ नगरपालिका–२ को सदस्यमा एमालेबाट धन बहादुर कार्की, शान्ती रायमाझी र उसा बसेलले उम्मेदवारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *