‘पार्टी नेतृत्वले अन्याय गर्यो, त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ’

डम्मर बुढा मगर, बागलुङ
ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट ताराखोला गाउँपालिकामा धनबहादुर विक ‘हिमाल’ लाई उम्मेदवार बनाएपछि घर्तीले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो ।

अध्यक्ष घर्तीले पाँच वर्षको पहिलो कार्यकाल नीति नियम निर्माण गर्दा र नयाँ कुराहरु सिक्दैमा बितेको भन्दै यो अवधीमा केही महत्वपूर्ण योजनाहरु अगाडी बढाएको हुँदा त्यसलाई सम्पन्न गर्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

‘स्थानीय तहको पहिलो कार्यकाल नीति निर्माण र सिकाईमा बित्यो, करिब दुई वर्ष कोभिडले गर्दा काम गर्न पाइन,’ अध्यक्ष घर्ती मगरले भन्नुभयो ‘यो कार्यकालमा केही महत्वपूर्ण योजनाहरु अगाडी बढाएको छु, त्यसलाई पूरा गर्ने मेरो दायित्व हो, त्यसले गर्दा त्यो दायित्व पूरा गर्न मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।’

उहाँले जनताले आफूबाटे धेरै अपेक्षा राखेको र जनताको अपेक्षा अनुसार काम गर्नका लागि आफूले पुनः उम्मेदवारी दिनु परेको घर्तीको भनाई छ । उहाँले पार्टीको पालिका कमिटिले आफूलाई सर्वसम्म अध्यक्ष बनाउने निर्णय गरे पनि जिल्ला तथा माथिल्लो तहका नेतृत्वले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गरेको उहाँको भनाई छ ।

उहाँले पार्टी नेतृत्वलाई पटक–पटक आफू पुनः नेतृत्वमा आउने जानकारी गराए पनि त्यसको बेवास्ता गरेको बताउनुभयो । उहाँले टिकटका लागि लबिङ गर्न आफूसँग धन नभएको भन्दै त्यसले गर्दा आफूले टिकट पाउनबाट वञ्चित भएको बताउनुभयो । अध्यक्ष घर्तीले पार्टीको नेतृत्वले आफूलाई अन्याय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुहुन्छ ।

‘मैले पुनः दोहोरीने विषयमा जिल्ला इन्चार्ज, संयोजक, प्रदेशका नेतृत्वहरुलाई पनि जानकारी गराएको थिएँ, जनताले र गाउँ कमिटिले पनि मलाई सर्वसम्मत रुपमा दोहोराउने भनेको थियो, तर उहाँहरुले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गर्नुभयो, मसँग लबिङ धनदौलत तिएन, पार्टी नेतृत्वले मलाई अन्याय ग¥र्यो त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ’ अध्यक्ष घर्तीले भन्नुभयो ।

उहाँले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने दाबी गर्नुभयो । पार्टीले अनुशासनको कारवाही गरे पनि भोग्न तयार रहेको बताउनुहुन्छ । ‘मैले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिँदैन, म अरु कुनै पार्टीमा जान्न, पार्टीले मलाई अनुशासनको कारवाही गर्छ भने पनि गरोस तर मैले कुनै पनि हालतमा फिर्ता लिन्न’ घर्तीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *