उत्पादनमा वृद्धि नभए सम्म सम्वृद्धि सम्भव छैनः ‘दिपशिखा’

आदर्श अनलाईन, कतार ।
नेकपाका केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा संघका संयोजक राम प्रसाद सापकोटा ‘दिपशिखा’ ले उत्पादनमा वृद्धि नगरे सम्म सम्वृद्धि सम्भव नभएको बताउँनुभएको छ ।

बुधबार साझ नेपाली प्रवासी एकता मञ्च सम्बद्ध युवा संग कतारमा कुरा गर्दै उहाँले हरियो साग सब्जी, दुध, मासु लगाएतका दैनिक अत्यावश्यक कुराहरुमा पनि आयातमा निर्भर हुँदा बार्सिक अर्वौ रकम बाहिर गएको भन्दै उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले उत्पादनमा नलाग्ने तथा स्वरोजगार घोषणा नगर्नेलाई युवा संघको सदस्यता समेत नदिने बताउनुभयो । वर्तमान सरकारलाई दैनिक हजरौंको संख्यामा विदेशिएका युवालाई रोक्नु मुख्य चुनौती रहेको भन्दै युवा संघले युवाहरुको माझमा गएर उनिहरुका समस्या पहिचान गर्दै समधानको लागि सहयोग गर्ने र केही समयमा नै मासिक १५(२० हजार रुपैयाका आम्दानीको लागि विदेशिनुपर्ने बाध्यता हटने दावी गर्नुभयो ।

दिपशिखाले नेपालमा ब्यक्तिगत फाइदाको लागी युवा नेता ठेकेदारको पछि, श्रमिक नेता मालिकको पछि र बिद्यार्थी नेता क्याम्पस सञ्चालकको पछी लाग्नाले बेथिती झन बढदै गएको बताउनुभयो । उहाँले पुस्ता अन्तरको कारणले गर्दा बर्तमान नेतृत्व कर्ताले युवालाई विश्वास नगर्ने गरेको भन्दैं युवा पुस्ता स्वयंम पनि नेतृत्व लिनको लागी आफुलाइ बिकास गर्दै तयार रहनु बताउनुभयो ।

नेपालमा केही पनि भएको छैन भन्ने हिसाबले सामाजिक संजालमा प्रतिक्रिया आउने गरेको प्रती असन्तुष्टि जनाउँदै दिपशिखाले नेपालमा धेरै कुरामा परिवर्तन भैरहेको र अब त्यसलाई मुर्तरुप दिन बाकी रहेको बताउनुभयो । उहाँले अधिकास ठाउँमा सडक सुविधा पुगेको सकेको, शिक्षा, स्वास्थ्य , खानेपानी लगाएतका आधारभुत कुरामा जनताको पहुँच बढेको भन्दै सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *