गलकोट नगरपालिकाको उपमेयरमा रुपा बिक किन ?

विक्रम सुनार, काठमाडौं

बागलुङको गलकोट नगरपालिकाको उपमेयरमा रूपा विकले उम्मेदवारी दिएकी छन् । उनले सोमबार उक्त पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि उनले नेकपा एमालेबाट गलकोटको तर्फबाट नगर उपप्रमुख अर्थात उपमेयरमा उम्मेदवारी दिएकी हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा गलकोट नगरपालिका वडा नम्वर ११ को सदस्य हुदैँ जिल्ला समन्वय समिति सदस्य समेत बनेकी थिइन । अहिले भने उनले उपमेयरमै उम्मेदवारी दिएकी हुन् । उनी एमालेको जिल्ला सदस्य पनि हुन् ।

विक बिभिन्न एजेन्डा सहित चुनावी मैदानमा उत्रिकी छन् । गल्कोट नगरको विकासदेखि समाजमा भएको पराम्परागत रूढीवादीलाई अन्त्य गर्नेसम्म उनको चुनावी नारा रहेको छ । साथै, महिला तथा दलित महिलाको राजनीतिक, सामाजिक, आर्थिक विकासमा समेत कोसेढुंगाा सावित हुने गरि काम गर्ने उनको योजना रहेको छ । यस्तै, समग्र गलकोट क्षेत्रको विकाससमा नयाँ आयाम ल्याउने गरि पनि उनले योजना बनाएकी छन् । विशेषगरि गलकोटलाई पर्यटकीय, व्यवसायीक कृषि, औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने उनको भनाइ छ । पर्यटन तर्फ घुम्टेलाई पर्यटकीय क्षेत्रको रुपमा थप प्रवद्र्धन गर्ने विस्तृत योजना रहेको उनको भनाई छ । घुम्टे गल्कोटमा पर्यटक भित्र्याउने ठूलो माध्यम हो । यसका अलावा गलकोटमा राजदरवार, बाघढुंगा, निलुवा, टेउवा लगायतका थुपै्र पर्यटकीय क्षेत्र छन्, त्यसको प्रवद्र्धन गरेर पर्यटक भित्राउने गरि काम गर्ने उनको योजना छ । साथै, छिमेकी स्थानीय तहसँग सहकार्य गरेर सिमा क्षेत्रका पर्यटक क्षेत्रको पनि प्रवद्र्धन गरिने उनको भनाइ छ ।

गाजा दह, थामानेटा जस्ता सिमा क्षेत्रका पर्यटकीय क्षेत्रबाट गलकोट नगरपालिकालाई समेत फाइदा हुने सम्बन्धी स्थानीय तहसँग सहकार्य गर्ने उनको योजना छ । समग्रमा गलकोटलाई टुरिजम हव बनाउने गरि अगाडि बढ्ने उनको भनाइ छ । यस्तै, गल्कोटका जनतालाई आत्मनिर्भर बनाउन पराम्परागत पेशा, कृषि क्षेत्रलाई प्रोत्साहन, व्यवसायीक कृषि उत्पादन, बाख्रा पालन, माछा पालन लगायतका कृषि व्यवसायलाई प्रोत्साहन गर्न अनुदान लगायतका विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ । साथै, उत्पादीत बस्तुको लागि बजारको समेत विकास गरिने उनले बताइन् ।

‘जनताहरुले उत्पादन गरेको कुनै पनि बस्तु कहाँ बिक्री हुन्छ भनेर चिन्ता लिनुपर्दैन । त्यो सबै स्थानीय सरकारले नै खरिद गर्छ र एक मुष्ठ रुपमा कुनै पनि बजारमा बिक्री गर्छ,’ उनले भनिन्, ‘गलकोटमा पर्याप्त मात्रामा कृषि योग्य जमिन छ । सिचाईका लागि पनि पानी पर्याप्त छ । तसर्थ, जनतालाई कृषि क्षेत्रमा जान प्रोत्साहन गनुपर्छ । त्यसमा म सकरात्मक छु ।’ यस्तै, खेतहरुमा सिचाईको लागि आधुनिक नहर (कुलो) बनाउने योजना पनि अगाडि बढाउने उनको भनाइ छ । यस्तै, गलकोटका नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने नीति ल्याउने पनि उनको भनाइ छ । दुर्घटना तथा सबै प्रकारको रोगको उपचार स्थानीय तहले नै गर्ने गरि नीति बनाउने उनको योजना छ । बाढी पहिरोबाट घरबास गुमाउने व्यक्तिको घर समेत स्थानीय तह नै बनाइदिने उनको योजना छ । ‘यसमा स्थानीय तहको पैसा खर्च नै हुदँैन ।

बीमा मार्फत नै यो व्यवस्था गर्न सकिन्छ,’ उनले भनिन्, ‘बीमा गर्दा लाग्ने शुल्क स्थानीय तहले नै तिरीदिन्छ । पछि जनता बिरामी भए, दुर्घटनामा परेर घाइते भए, बाढीले घरबार बगायो भने सबै बीमाले नै क्षतिपुर्ति दिन्छ । यसमा स्थानीय तहले थप बजेट नै छुट्टाउन पर्दैन ।’ यद्यपि, बाढी पहिरो सम्बन्धी पुर्व सुचना दिने प्रविधिको पनि विकास गरिने उनको भनाइ छ । यस्तै, सबै वडाको सडक कालोपत्रे गर्ने, गलकोट रिङरोडको अवधारणा अगाडि बढाउने, औद्योगिक क्षेत्र स्थापना तथा विकास गर्ने गरि औद्योगिक नीति ल्याउने, नदी उत्खनन उचित रुपले नियन्त्रण गर्ने योजना पनि उनको रहेको छ । ‘गलकोटमा औद्योगिक क्षेत्र स्थापना गर्न सकियो भने यस क्षेत्रको आर्थिक रुपले पनि विकास हुन्छ । तसर्थ, यस सम्बन्धी नीति ल्याउने पनि मेरो योजना छ,’ उनले भनिन्, ‘साथै, स्वदेशी तथा विदेशी लगानीको लागि पनि उचित बातावरण बनाउने छु । गलकोटका थुप्रै युवाहरु जापान लगायतका मुलुकमा हुनुहुन्छ । उहाँहरुलाई उचित प्रतिफल दिने गरि गलकोटमा लगानी गर्ने बातावरण बनाउछु ।’

यसैगरि महिलामैत्री नीति नियम बनाएर कार्यान्वयन गर्ने, महिला लक्षित कार्यक्रममा स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट विनियोजन गर्ने, संविधानले सुनिश्चित गरेका महिलाको हक अधिकार अविलम्ब कार्यान्वयन गर्ने पनि उनको योजना छ । यस्तै, लैंगिक आधारमा जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद तथा जातिय विभेद रोक्न विशेष कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताइन । ‘सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक रूपले पछाडि पारिएका वर्ग, जातिहरू, जो उच्च वर्गबाट उत्पीडनमा परेका छन् । उनीहरूको मुक्तीका लागि मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘आज पनि समाजमा जातिय विभेद र छुवाछूत कायमै छ । महिला हिंसा पनि उस्तै छ । यसका विरुद्ध कानून बनेपनि कार्यान्वयन आउन सकेनन् । समग्रमा यस्ता कुरुतीको अन्त्यको लागि पनि मेरो उम्मेदवारी हो ।’ साथै, समाजमा व्याप्त जातिय विभेद तथा छुवाछुतको अन्त्य भए मात्र सुखी नेपाली, समृद्ध नेपालको अभियान पूरा हुने उनको भनाइ छ । यस्तै, नगर विकास, एवं सामाजिक परिचालन गर्दै स्थानीयस्तरमा महिलाहरुको क्षमता सक्षम र आत्मनिर्भर, सामुदायिक संस्थाहरुको विकास तथा प्रवद्घन गर्ने पनि उनको कार्यक्रम छ । सहकार्यको अवधारणलाई समेत प्राथमिकता दिने, महिला सशक्तिकरण गरी लैङ्किक मूलप्रवाहिकरण गर्ने, सामाजिक कुरिती, चेलिबेटी बेचबिखन, देहव्यापार, घरेलुहिंसा लगायतका महिला विरुद्घका अपराध नियन्त्रणका लागि पुरुषवर्गको समेत सहभागितामा सामाजिक जागरण बढाउने उनको योजना छ । स्रोत साधन र रोजगारीका अवसरमा महिलावर्गको पहूँच तथा समानुातिक नियन्त्रण स्थापनाका लागि पहल तथा समन्वय गर्ने लगातका प्रतिवद्धता पनि उनका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *