बागलुङ नगरपालिकामो नगर प्रमुखमा ९ जना र उपप्रमुखमा छ जनाको उम्मेदवारी


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको नगर प्रमुखका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै नगर उप प्रमुखका लागि छ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बागलुङ नगरपालिकाको नगर प्रमुखमा गठबन्धबाट नेपाली कांग्रेसका नेता बसन्त कुमार श्रेष्ठ र एमाले बाट जनकराज पौडेलको उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेस बिपिबाट धना आचार्य, नेपाल परिवार दलबाट निल प्रसाद आचार्य, नेपाल दलित पार्टीबाट भक्त बहादुर बिक, मालेबाट मन्जुमाया क्षत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्जु नेपाली, विवेकशिल साझा पार्टीबाट सुरज खड्का र स्वतन्त्रबाट दिनेश पन्तले स्वतन्त्रबाट नगर प्रमुखको पदका लागि उम्मेदवारी दिएका छन् ।

बागलुङ नगरपालिका तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले ढिलो गरी तयार पारेको तथ्याङ्क अनुसार उपप्रमुखका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । गठबन्धको भागवण्डा अनुसार नगर उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र राप्रबाट सन्जय खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट जीवन आचार्य, नेकपा एमालेबाट पवित्रा कुमारी रोका, नेपाल दलीत पार्टीबाट शान्ति नेपाली र स्वतन्त्रबाट ताराकुमारी रिजालको उम्मेदवारी परेको हो । यस्तै बागलुङ नगरपालिकाको १४ वटा वडा अध्यक्षको पदमा ४९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *