गलकोट नगर प्रमुखका लागि ६ जनाको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकाको नगर प्रमुखमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट निर्वतमान नगर प्रमुख भरत शर्मा गैरे, नेकपा एमालेबाट पूर्ण काउचा, स्वतन्त्र उम्मेदवारको रुपमा नेपाली कांग्रेसकी जिल्ला सदस्य मन्जु शर्मा चालिसे, नेकपा माओवादी केन्द्रका नेता गुमानसिंह बुढाथोकी, दिपेन्द्र साहानी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट डम्मर बहादुर केसीले उम्मेद्धारी दर्ता गराएको गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिनुभयो ।

उपप्रमुखमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे र नेकपा एमालेकी रुपा विकले उम्मेद्धारी दर्ता गराउनु भएको छ ।
माओवादी केन्द्र गलकोट नगरका अध्यक्ष तिल बहादुर उप्रेतिले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको छ । ११ वडा अध्यक्षका लागि २८ जनाको उम्मेदवारी परेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *