कांग्रेसले अध्यक्षका लागि टिकट नदिएपछि वडा सभापति नेपालीले त्यागे पार्टी

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नम्बर १ का सभापति गणेश नेपालीले स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोटमा अन्याय भएको भन्दै आफ्नो पदबाट राजिनामा दिनु भएको छ । उमेदवार छनोटमा भएको अन्याय, स्वेच्छाचारिता र कुनै निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने दम्भ, अहंकारी प्रवृति प्रति गंभिर आपत्ती प्रकट गर्दै नेपालीले मंगलबार पार्टीको सभापति र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजिनामा दिनु भएको छ ।

नेपाली कांग्रेसले आफुलाई सबैभन्दा लोकतान्त्रिक र परिस्कृत पार्टीको रुपमा दावी गर्दै आएको चर्चा गर्दै नेपालीले निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने प्रवृतिप्रति चिन्ता व्यक्त गर्नु भएको छ । समाजमा न्याय, समानता, अवसरको समान बाँडफाँडको लागि लामो समयदेखि समाज, आन्तरिक पार्टी र समुदायसंग निरन्तर लड्दै आएको विज्ञप्तीमा उल्लेख छ । दलित समुदायको उत्थानका लागि क्रियाशिल नेपालीले सांकेतिक रुपमा नेपाली कांग्रेसले दलितको अस्तित्व स्वीकार नगरेको उल्लेख गर्नु भएको छ ।

नेपालीले काठेखोला गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र रुपमा उमेदवारी दिएको जानकारी गराउदै सहयोगका लागि वडावासीमा अपिल गर्नु भएको छ । गठबन्धनबाट काठेखोला वडा नं. १ नेपाली कांग्रेसको भागमा परेपछि गणेश नेपालीलाई उमेदवार बनाउने आन्तरिक सहमति भएको थियो । उमेदवारी दर्ता गर्ने क्रममा खडक थापाले नै उमेदवारी दर्ता गरेपछि नेपालीले सामाजिक सञ्जालमार्फत आपत्ती प्रकट गर्नु भएको थियो ।

नेपालीले मंगलवार बिहान सामाजिक सञ्जालमा आपत्ती प्रकट गर्नु भएको थियो । मैले सोचेको थिए, तिमी एक भविष्य बोकेका नेता तर तिमी त वार्डमा हामी मुहाली गर्न र सोझा साझालाई खाल्डामा हाल्न र उत्पीडित वर्गको टाउकोमा टेकेर हिरो बन्न मात्र राजनीतिमा आएका रहेछौ, त्यो पनि वडा तहमा । शुभकामना जीवन भर वडाको अध्यक्ष भइरहने सफलता मिलोस भनेर यस पूर्वका वडा अध्यक्ष खडक थापाप्रति नेपालीको कटाक्ष थियो ।

नेपालीलाई पार्टीले वडा अध्यक्षका लागि टिकट नदिएपछि रुस्ट बनेर पार्टी छोडेको एक नेताले बताए । उनले आफूले टिकट पाए राम्रो अरुले पाए नराम्रो भन्ने मानसिकता गलत भएको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *