जनप्रतिनिधिलाई आएको तलब भत्ता महिला तथा बालबालिकाको नाममा खर्च गर्छु : काउचा


आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेबाट गलकोट नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएको पूर्ण काउचाले नगरपालिकाको नगर प्रमुख निर्वाचित भएको खण्डमा सेवा सुविधा नलिने बताउनुभएको छ ।
उहाँले आफूले चुनाव जितेमा नगर प्रमुखको नाममा आउने तल भत्ता नगरका गरिव, असहाय तथा महिला तथा बालबालिकाको नाममा खर्च गर्ने बताउनुभएको छ ।

“मेरो चुनावको पहिलो प्रतिबद्धता सेवा सुविधाको रुपमा आएको रकम कोषमा जम्मा गरेर महिला तथा बालबालिकाको हितमा खर्च गर्नेछु” काउचाले भन्नुभयो “राजनीति पेशा होइन, सेवा हो, यस्लाई पेशाका रुपमा लिन हुँदैन, नगरपालिकामा आफ्नो जीत पश्चात आएको सेवा सुविधा नगरका महिला, असहाय तथा बालबालिकाको हितका लागि नगरको कोषमा जम्मा गरेर खर्च गर्नेछु ।”

उहाँले नगर विकासका लागि प्रतिबद्धताहरु समेत बनाइरहेकाले छिट्टै सार्वजनिक गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु तलब भत्ता खानकै लागि निर्वाचित भएर आउने प्रवृतिलाई चिर्न आफू नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएर आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *