स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न काँग्रेस बागलुङकाे कार्यकर्तालाई आग्रह

आदर्श अनलाइन, बागलुङ
नेपाली काँग्रेस बागलुङले स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेको छ । काँग्रेस बागलुङका सभापति जित शेरचन र काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पार्टीको विभिन्न तह र पदमा रहेका नेता तथा कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारको रुपमा दर्ता गरेको फिर्ता गर्न आग्रह गरेका छन् ।

विज्ञप्तीमा नेपाली काँग्रेस लगायत गठबन्धनका दलबाट दिएका उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै जिल्लामा भएको गठबन्धन भन्दा बाहिर रहेर नेपाली काँग्रेस वा अन्य दलबाट पनि उम्मेदवार दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ ।

नेपाली काँग्रेस जस्तो ऐतिहासिक राजनैतिक दलका नेता कार्यकताहरुले आफुलाई आकंक्षीको रुपमा उभ्याउनु लोकतन्त्रको सुनौलो पक्षको रुपमा लिनुपर्दछ विज्ञप्तीमा भनिएको छ तर वर्तमान राजनैतिक जटिलता र गठबन्धनको मर्मलाई मध्यनजर गर्दा लोकतान्त्रिक जिम्मेवार पाटीका लागि ठुलो चुनौती र कठिन यात्रा रहेकोले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु स्वतन्त्र रुपमा र अन्य राजनैतिक दलमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनु भएका विषयमा जिल्ला कार्यसमितिले गम्भिर ध्यानकर्षण भएको छ ।

संवैधानिक व्यवस्था अनुसार हामी सवैको अकंक्षा तत्कालै सब्वोधन हुन नसकेको वर्तमान अवस्थालाई ध्यान दिई राजनैतिक यात्रामा निरन्तर रहेका नेता कार्यकर्ताहरुको योगदान र सक्ष्मताका आधारमा पार्टीले भविश्यमा क्रमस सम्बोधन गर्ने विज्ञप्ती जनाईएको छ । काँग्रेसले सवै स्वतन्त्र उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिई पार्टीको आधिकारीक उम्मेदवारलाई विजयी गराउन सवैमा आह्रन समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *