काठेखोलाको धम्जाबाट एमालेको चुनावी अभियान शुरु


आदर्श अनलाइन, बागलुङ

नेकपा एमालले काठेखोला गाउँपालिकाको चुनावी अभियान धम्जाबाट शुरु भएको छ ।

मनोनयन पछिको मंगलबार बसेको नेकपा एमाले काठेखोला गाउँपालिकाको बैठक अनुसार बुधबारबाट पालिकाको चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान शुरु भएको छ । बैठकको निर्णय अनुसार १४ गते धम्जाबाट शुरु भएको चुनावी अभियान २५ गत लेखानी सम्म पुग्ने छ ।

धम्जाको चुनावी कार्यक्रममा काठेखोला गाउँपालिकाको नेकपा एमाले तर्फका उम्मेदवार डिल बहादुर कार्की, नेकपा एमाले गण्डकी प्रदेश सदस्य डिल्लिराज गौतम, गण्डकी प्रदेश सदस्य हुमा कुमारी जिसी अन्जु, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका अध्यक्ष अम्मर बहादुर थापा, वडा अध्यक्षका उम्मेदवार कुल बहादुर बिश्वकर्मा, वडा सदस्यका उम्मेदवारहरु टुल्की देवी खड्का, विष्णु बिक, प्रेम बहादुर घर्ती मगर र दिपेन्द्र बहादुर खत्री सहितकोे समूहले घरदैलो तथा टोलभेला गरेको छ । उनिहरुले काठेखोला गाउँपालिकाले पाँच वर्षमा ल्याएको योजना पुरा गर्न र समृद्ध काठेखोला निर्माणका लागि एमालेको पक्षमा मतदान गर्नका लागि मतदातालाई आग्रह गरेका थिए ।

घरैलोका घरममा मतदाताका आकांक्ष, विकासमा साझेदारी, हाल सम्म गाउँपालिकाले गरेका काम र आगमी दिनमा गर्नुपर्ने कामका विषयमा मतदातासंग छलफल भएको थियो । भेटभाट कार्यक्रम तथा घरदौलो अन्र्तगत धम्जाको दउराली, ओख्ले, असौजे, सायकटेरा, द्वारा र माझकटेरा लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुमा कुमारी जिसी अन्जुले जानकारी दिनुभयो ।

नेकपा एमाले काठेखोला गाउँपालिकाको पहिलो चुनावी प्रचार प्रसार कार्यक्रम धम्जामा सम्पन्न भएको र बिहिबार उपल्लो बिहुँमा घरदैलो र कोणसभा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *