म्याग्दीमा ७५९ जनाको उम्मेदवारी दर्ता

आदर्श अनललाइन, म्याग्दी

स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेको ६ वटा पालिका र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आईतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, बेनी नगरको ५२ पदको लागि १७९ जना, गाउँपालिका अन्तरगत धवलागिरीमा ३७ पदका लागि ८९ जना, मालिकामा ३७ पदका १४७ जना, मंगलामा २७ पदका लागि १४७ जना, मंगलामा २७ पदका १०५ जना, रघुगंगामा ४२ पदका लागि १४१ जना र अन्नपूर्णमा ४२ पदका लागि ९८ जनाले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

पालिकाको प्रमख/अध्यक्षमा ३२, उपप्रमुख/उपाध्यक्षमा २८, वडा अध्यक्षमा १६०, खुल्ला सदस्यमा २८०, महिला सदस्यमा १२९ र दलित महिला सदस्यमा १३० जनाको उम्मेद्वारी दर्ता भएको छ ।

बेनी नगरपालिकाको मेयरमा ८ र उपमेयरमा ७, अन्नपूर्णको अध्यक्षमा ४ र उपाध्यक्षमा ३, धवलागिरीको अध्यक्षमा ५ र उपाध्यक्षमा ३, मंगलाको अध्यक्षमा ६ र उपाध्यक्षमा ७, मालिकाको अध्यक्षमा ४ र उपाध्यक्षमा ४, रघुगंगाको अध्यक्षमा ५ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *