काठेखोलाका उपाध्यक्ष उम्मेदवार पुनका ससुराको सम्झनामा एमालेको श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका तर्फबाट काठेखोला गाउँपालिकामा उपाध्यक्षका उमेद्वार कोपीला पुनको ससुरा नर बहादुर पुनको निधन भएको १३ औ दिनको पूण्य तिथि पारेर एमालेले बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

एमाले जिल्ला सदस्य समेत रहेकी पुनका ससुराको गत बैशाख ३ गते ८० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय पुनको काठेखोला गाउँपालिका वडा नंं ४ फापरखेतस्थित निवासमा एमाले तंग्रामले श्रद्धाञ्जली सभा गरेर स्वर्गीय पुनप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

शोक तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठेखोला गाउँपालिकामा अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले समाजसेवी पुनको निधनले नेकपा एमाले र समाजलाई अपरणीय क्षति पुगेको बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटि सदस्यद्वय डिल्लीराज गौतम र हुमा कुमारी जि.सी.(अञ्जु), जिल्ला सदस्य रन बहादुर पुन, एमाले काठेखोला ५ का अध्यक्ष हिरालाल सापकोटा, रिम बहादुर जिसी, बल बहादुर थापा, रेम बहादुर पुन, हिरालाल कंडेल, दुर्गा बहादुर काउचा लगायतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम एमाले काठेखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष सुरेश घर्तिको अध्यक्षता र काठेखोला गाउँपालिका वडा नं. ५ मा एमालेका सदस्य पदका उमेदवार प्रेम पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *