एकीकृत समाजवादीका वडा सहसंयोजक एमालेमा प्रवेश


आदर्श अनलाइन, बागलुङ
नेकपा (एकीकृत समाजवादी)का वडा सह–संयोजक नविन थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका वडा सह–संयोजक रहनुभएका थापाले आफू संलग्न पार्टी पदका लागि नेपाली काँग्रेसको पछाडी लागेको भन्दै एमालेमा प्रवेश गर्नुभएको हो ।

एकीकृत समाजवादीले उठाएका मुद्धामा सहमती जनाएर आफू उक्त पार्टीमा लागेको भएपनि पार्टीले उठाउँदै आएको मुद्धा र उसका गतिविधि विपरित भएकाले आफूले पार्टी छाड्नु परेको बताउनुभयो । ‘म कुनै पदका लागि एकीकृत समाजवादीमा लागेको थिइन, नेताहरुले आफू कहाँ सुरक्षित रहन्छु भन्ने दृष्टिकोणका साथ पार्टीलाई अगाडि बढाएपछि उक्त पार्टी त्यागेर एमालेमा प्रवेश गरेको हुँ ।’ थापाले भन्नुभयो ।

थापालाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्य गोविन्दबहादुर नेपाली, जिल्ला अध्यक्ष हिराबहादुर केसी, उपसचिव गणेश थापा मगर, प्रचार विभाग प्रमुख चन्द्र गणेश लगायतले पार्टी प्रवेश गराउँनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *