दोहोरीका राजा लामिछानेले कतारमा नचाए

आदर्श अनलाईन, कतार ।
दोहोरीका राजा रविन लामिछानेले स्वदेशमा मात्र होइन विदेशमा पनि सर्वाधिक प्रिय छन् ।

स्वदेशमा आयोजना हुने प्रत्येक दोहोरी प्रतियोगितामा अब्बल सावित भएका लामिछानेले कतारको दिन अल दोसरी पार्कमा नेपालीहरुलाई मज्जाले नचाएका छन् ।

गोरखा सेवा समाज कतारको आयोजना गरेको बनभोज तथा संस्कृतिक कार्यक्रममा सहभागि हुन कतार पुगेका लामिछाने संग राष्ट्रिय कलाकार देवी आले कहाँ गयौ भंगेरी चरीमा दोहोरी गाएका थिए ।

समाजले आफ्नो १६ औं स्थापना दिवसको अवसर संगै कतारको राष्ट्रिय दिवस पारेर कार्यक्रमको आयोजना गरेको थियो ।

गोरखा सेवा समाज, कतारले पछिल्लो समय उदाहरणीय काम गर्दै आएको छ । समाजले पच्चीस लाख बराबरको शैक्षिक अक्षयकोष स्थापना गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्दै आएको समाजका संरक्षक बुधबल गुरुङले बताउँनुभयो ।

औपचारिक कार्यक्रम कार्यबहाक अध्यक्ष रामजी खत्रीको अध्यक्षता, उपाध्यक्ष कार्यक्रम संयोजक तथा उपाध्यक्ष ज्ञानेन्द्र न्यौपानेको स्वागत र उपाध्यक्ष ओमराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

सांगितीक कार्यक्रम सन्तोष बन्जराको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यवाहाक अध्यक्ष रामजी खत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *