एमाले बागलुङले सुल्झायो उम्मेदवार विवाद, एक ढिक्का भएर निर्वाचनमा जाने

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङले आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टी नेता कार्यकर्तामा रहेको असन्तुष्टि र बिबाद सुल्झाएको छ ।

उमेद्वारी दर्ताको दिन यता निरन्तर वार्ता र संवादमा रहेको एमालेले असन्तुष्ट नेता कार्यकर्ताको चित्त बुझाएको हो । केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष तथा पदाधीकारीहरुको निरन्तरको प्रयास पछि अब पार्टीभीत्र कुनैपनि समस्या नरहेको जिल्ला सचिव बिष्णु भुसालले बताए । पार्टीका आधिकारीक उमेद्वारका बिरद्धमा बागी उमेद्वारी दिएका नेता कार्यकर्ता उमेद्वारी फिर्ताका लागि तयार भएका छन् ।

‘हाम्रो साथीहरु सबै जिम्मेबार हुनुहुन्थ्यो, अकस्मात आउने असन्तुष्टि बिस्तारै साम्य भएको छ’ एमाले केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले भने ‘एकाद ठाउँमा समस्या रहलान् तर पार्टी पंक्ती एकमन एकताका साथ चिर्वाचनमा होमिएको छ ।’

एमालेमा पालिका स्तरमा भन्दा धेरै वडा तहमा असन्तुष्टि थियो । वडा अध्यक्ष तथा वडा सदस्यहरुमा बागी उमेद्वारी दिएका नेता कार्यकर्ताहरुले निर्वाचन आयोगले तोकेको समयमा आफ्नो उमेद्वारी फिर्ता गर्दै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *