समृद्ध काठेखोलाका लागि एमालेलाई जिताऔ : अध्यक्ष उमेदवार कार्की

भीमापोखरामा एमालेको टोल भेला

रोशन जि.सी. , बागलुङ
नेकपा एमालेले चुनावी अभियान अन्तरगत काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका विभिन्न टोलहरुमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, वडा अध्यक्षका उमेदवार विद्यापति शर्मा, भीम बहादुर केसी, सुरेश थापा मगर, चन्द्रकला थापा र बुद्धिकला किसान तथा पार्टीका नेताहरु सहितको टोलीले टोल टोलमा पुगेर मतदाताहरुसंग छलफल गरेको हो ।

एमालेले काठेखोला गाउँपालिकाको विकासका लागि अगाडि सारेका योजना, कार्यक्रम लगायतका विषयमा मतदाताहरुलाई जानकारी गराइएको एमालेले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्षका उमेदवार डिल बहादुर कार्की समग्र काठेखोला गाउँपालिकाको विकासका लागि एमाले बनाएको योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

काठेखोला गाउँपालिकामा पहिलो स्थानीय सरकारले गरेका थुप्रै काम गरेको चर्चा गर्दै कार्कीले प्रभावकारी कामहरुलाई निरन्तरता दिदै थप कार्ययोजनाका साथ अगाडि बढेको बताउनुभयो ।

गाउँपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, वन वातावरण, रोजगारी स्वरोजगारीका क्षेत्रमा गर्न खोजिएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि एमालेले बनाएका योजनाहरुले गाउँपालिकालाई थप समृद्धि र सबल बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा एमालेका प्रदेश कमिटि सदस्यहरु डिल बहादुर कार्की, हुमा कमुारी जिसी (अञ्जु), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, वडा अध्यक्षका उमेदवार विद्यापति शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उमेदवार सहितको टोलीले भीमापोखराका दपासा, काप्रे, सीम, भिमादरवार, मुल्ठाना लगायतका स्थानमा टोल सभा सम्पन्न गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *