लेखा दिवस मनाईयो

आदर्श अनलाइन, बागलुङ
कोष तथा लेखा नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरेर बागलुङमा लेखा दिवस मनाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङको आयोजना र लेखा समाज बागलुङको सहकार्यमा अन्तक्रिया गरेर लेखा दिवस– २०७९ मनाईएको हो ।

लेखा दिवसको यो बर्षको नारा ‘व्यवसायिक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने थियो । बागलुङ जिल्लामा कार्यरत लेखा समुहका कर्मचारी बिच छलफल तथा अन्तत्र्रिmया कार्यक्रम गरी दिवस मनाईएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका लेखा प्रमुख याम बहादुर थापाले बताए ।

अन्तरक्रिया कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक तथा लेखा समाज बागलुङका संरक्षक धर्मदत्त बस्यालले महालेखापाल कार्यालय स्थापना भएको सन्दर्भमा लेखा दिवस मनाउन थालिएको बताए । उनले अहिले सुचना प्रविधिमा आधारित भई टिएसए (एकल खाता कोष प्रणाली ) र सिक्यास ( कम्प्युकृत सरकारी लेखा प्रणाली) सप्पटवेयर जान्नु पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता लेखा समाज बागलुङका अध्यक्ष कृष्ण प्रसाद आचार्य, संचालन कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका लेखापाल दयाराम शर्मा र स्वागत मन्तव्य कोष नियन्त्रक जब्बर बहादुर भण्डारीले गरेका थिए ।
छलफल तथा अन्त्तक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिती रहेको थापाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङमा नयाँ लेखापाल सरुवा भै आएका प्रकाश शर्मा र नयाँ शहर आयोजना कार्यालय बुर्तिवाङका लेखापाल विष्णु प्रसाद शर्मालाई फुलमाला र खादा लगाई स्वागत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *