सिगानामा सुन्तला उत्सव शुरु

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका-८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ ।

सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटन पछी बोल्दै उहाँले तीन वर्षमा गण्डकी प्रदेश कृषिमा आत्मनिर्भर हुने गरी अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, संविधानसभा सदस्य नर बहादुर थापा, नेकपा काठेखोला गाउँपालिका अध्यक्ष डिल बहादुर कार्की कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मी, सुन्तला जोन म्याग्दीका प्रमुख सुर्य प्रसाद वराल, बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खेमराज सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।

आगामी पुष ९ गते सम्म उत्सवको आयोजना गरिएको सुन्तला उत्सव मुल आयोजक समितिका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।

सिगानालाई कृषिवाटै सम्वृद्धि गर्ने योजनाका साथ १८ सय मिटर माथी चिया खेती र त्यस भन्दा तल सुन्तला खेती विस्तारका लागि बिरुवा रोप्ने अभियानलाई समेत तिब्रता दिइएको अध्यक्ष जिसीले बताउनुभयो । उत्सवलाई व्यवस्थीत गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । सिगानामा वार्षिक दुई करोड बढीको सुन्तलाको कारोवार हुँदै आएको छ । कार्यक्रम गणेश व्यावसायिक कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, वडा अध्यक्ष राजन जिसीको स्वागत तथा शिव खड्का र भरत कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *