निसीखोलामा ५ वडा अध्यक्ष र ४ सदस्यले लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ
आगमी बैशाख ३० गते हने स्थानीय तहको र्निाचनका लागि गाउँ तथा नगर पालिकाको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिएका छन् । गत बैशाख १२ र १३ गते उम्मेदवारी गराएका उनीहरुले शुक्रबार फिर्ता लिएका हुन् ।

जिल्लाको निसीखोला गाउँपालिकामा ९ जनाले उम्मेदवारी फर्ता लिएका छन् । पाँच जना वडा अध्यक्ष र चार जना वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको निसीखोला गाउँपालिकाका निर्वाचन अिधकृत गोविन्द गिरीले जानकारी दिनुभयो ।

निसीखोला अध्यक्ष र उपाध्यक्षमा चार/चार जना, वडा अध्यक्षमा ३४ जना, खुल्ला सदस्यमा ४५, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जनाले उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *