ढोरपाटनमा चार नगर प्रमुख र दुई उप–प्रमुखसहित ३५ जनाले लिए उम्मेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिकामा ३५ जनाले उम्मेदवारी फर्ता लिएका छन् । चार जना नगर प्रमुख, दुई जना नगर उपप्रमुख, ९ जना वडा अध्यक्ष र ११ जना वडा सदस्य, ६ जना महिला सदस्य र तीन जना दलित महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो ।

नगर प्रमुखमा उम्मेदवारी दिनुभएका गणेशकुमार थापा, गंगाबहादुर घर्ती, शैलेस घर्ती मगर, दलबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएको थापाको भनाई छ । उपप्रमुखमा उम्मेदवारी दिएका दिलमाया पौवि र भीमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिनु भएको छ ।

ढोरपाटनमा प्रमुखका लागि १० जना, उपप्रमुखका लागि ५ जना, वडा अध्यक्षमा ३९ जना, खुल्ला सदस्यमा ६५, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २३ जनाले उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *