बडिगाडमा ७ जनाको उमेदवारी फिर्ता

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकाको लागि अध्यक्ष सहित विभिन्न पदमा उमेदवारी दिएका ७ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

राष्ट्रिय जनमोर्चाको तर्फवाट अध्यक्षमा उमेदवारी दिएका अनिल गिरि, स्वतन्त्र रुपमा उपाध्यक्षमा उमेदवारी दिएका काग्रेस नेता यामेन्द्र कुमार घर्ति, स्वतन्त्र रुपमा वडा नं. ३ को अध्यक्षमा उमेदवारी दिएका लोक बहादुर घर्ति, स्वतन्त्र रुपमै वडा नं. ५ को अध्यक्षमा उमेदवारी दिएका ध्रुव बहादुर घिमिरे, वडा नं. ५ कै सदस्य पदका उमेदवारी दिएका धर्मराज घिमिरे, वडा नं. ९ बाट वडा अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका मुक्त बहादुर श्रीस र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट वडा नं. १० को अध्यक्षमा उमेदवारी दिएका धन बहादुर बुढाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जनाएको छ। सत्तारुढ गठबन्धन सहित राजनैतिक दलहरुले बागि दर्ता गरेका उमेदवारहरुलाई उमेदवारी फिर्ता लिन आग्रह गरेसंगै उमेदवारी फिर्ता लिएको उमेदवारहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *