निसीखोला–४ मा रेग्मीले पौडेललाई सघाउने

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ४ मा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका टंक रेग्मीले फिर्ता लिनु भएको छ । उहाँले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिन विभिन्न प्राबिधिक कारणले गर्दा नसकेको भन्दै प्रेस विज्ञप्ती जारी गर्दै वडा नम्बर ४ का गठबन्धनका आधिकारीक उम्मेदवारलाई सघाउने बताउनु भएको छ ।

लामो समय नेपाली कांग्रेसमा रहेर आफूले ठूलो लागानी र मेहनत गरेको भन्दै पार्टीमा आघात पुग्न नदिने उहाँको भनाई छ । रेग्मीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका टिकानिधि पौडेललाई सघाउने विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

‘बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा यस निसीखोला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लागि स्वतन्त्र रुपमा मेरो उम्मेदवारी दर्ता भएको थियो तर नेपाली कांग्रेसमा मेरो लामो मेहनत र लगानी रहेको कारण म आफ्नो उम्मेदवारी फिर्ता लिने स्वतस्फुर्त मनिस्थिती हुँदाहुँदै पनि प्राविधिक कारणले समय अपुग हुँदा आफ्नो उम्मेदवारी फिर्ता लिन असफल भएता पनि मेरो पूर्ण समर्थन पार्टीका आधिकारीक उम्मेदवार टिकानिधि पौडेललाईनै रहेको जानकारी गराउँछु ।’ रेग्मीद्वारा हस्ताक्षेरित विज्ञप्तीमा उल्लेख छ ।

उहाँले वडावासी कोही पनि भ्रममा नपरि नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आग्रह गर्नु भएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *