गलकोटका केसी परिवारले दिए स्वास्थ्य चौकीलाई १ करोडको जग्गा

थमन थापा,बागलुङ

गलकोट नगरपालिका ७ मल्ममा जग्गा व्यवस्थापन गरिएको छ ।

नयाँ मापदण्ड अनुसार जग्गा नहुँदा आधुनिक स्वास्थ्य चौकी निर्माण हुन सकेको थिएन । अहिले मल्म आँगाखेतमा रहेको स्वास्थ्य चौकीको जग्गा साँघुरो भएपछि नयाँ स्थानमा जग्गा व्यवस्थापन गर्न वडामा गत जेठ महिना देखि गृहकार्य भईरहेको थियो ।

गृहकार्यबाट आँगाखेतमा जग्गा प्राप्त भएपछि अब भनें गलकोट नगरपालिका ७ मल्ममा आधुनिक किसिमको स्वास्थ्य चौकी निर्माण हुने भएको छ । हाल आगाँखेतमा रहेको स्वास्थ्य चौकीलाई स्तर उन्नति गर्न नयाँ मापदण्ड अनुसारको जग्गा नभएको कारण गत असोजमा वडा भेला मार्फत स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समिति चयन गरिएको थियो । जग्गा व्यवस्थापन समितिले आवश्यक प्रकृया अगाडी बढाएको थियो ।

आज जग्गाको व्यवस्थापन भए सँगै आगाँखेतमा आधुनिक स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय गरेको जग्गा व्यवस्थापन समितिका उप संयोजक वसन्त क्षेत्रीले जानकारी दिनुभयो । आगाँखेतका केसी परिवारले स्वास्थ्य चौकीको नयाँ मापदण्ड अनुरुप निशुल्क जग्गा प्रदान गरेपछि काम अगाडी बढने भएको उपसंयोजक केसीले बताउनु भयो ।

स्वास्थ्य चौकी निर्माण गर्न गलकोट नगरपालिका ७ मल्म आँगाखेतका होम बहादुर घिमिरेले ८ आना, गजेन्द्र केसीले ८ आना, नारायण केसीले ८ आना, भरत केसीले ८ आना, टिका बहादुर केसीले ८ आना, लाल बहादुर केसीले ८ आना, टोपकली केसीले ८ आना र गजेन्द्र केसी खेतले सडक ट्रयाक सहितको ८ आना गरि झण्डै १ करोड २९ लाख मुल्य बराबरको जम्मा ४ रोपनी ४ आना जग्गा निशुल्क प्रदान गरेको वडा नं ७ का कार्य वहाक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो ।

आजै जग्गादाता सँग वडाको समन्वयमा लिखित कागजी प्रकृया समेत टुङगाईएको मल्म स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका सचिव राजकुमार दर्जीले जानकारी दिनुभयो । आज जग्गा व्यवस्थापनको अन्तिम टुङगो लागे सँगै अब निर्माण स्थल सम्म सडकको ट्रयाक खोल्ने र मालपोत कार्यालय बागलुङमा गई स्वास्थ्य चौकीको नाममा रजिष्ट्रेशन पास गर्ने सहमति गरिएको छ । आधुनिक स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर ९ प्रसुति गृह ० लगाएत स्वास्थ्य चौकीबाट प्राप्त हुने आधुनिक स्वास्थ्य सुविधा जनताले प्राप्त गर्नेछन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *