सिगानाबाट शुरु भयो एमाले–राप्रपाको चुनावीसभा


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले र राप्रपाले सिगानाबाट बागलुङ नगरपालिकाको चुनावी शुरु गरेको छ ।

शनिबारबाट बागलुङ नगरपालिकाका नेकपा एमाले र राप्रपाका उम्मेदवारहरुले गाउँ केन्द्रित चुनावी प्रचार प्रसार कार्यक्रम शुरु गरेको छ ।

बागलुङ नगरपालिका–८ सिगानमा आयोजना गरेको चुनावीसभामा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा संघीय संसद डा. सुर्य पाठकले नेकपा एमाले विकास र समृद्धिका लागि का मगर्ने पार्टी भएको र एमालेले भाषणमा हैन काममा गरेर देखाउने बताउनुभयो ।

उहाँले सिगाना हुँदै शान्तिपुर जोड्ने एक निर्वाचन क्षेत्र एक रणनैतिक सडककालोपत्रेका लागि ठेक्कामा गएको बताउदै सिगानाका जनताले केही वर्षमा कालोपत्रे सडकमा यात्रा गर्न पाउने बताउनुभयो ।

उहाँले सिगानको विकासमा केन्द्र, प्रदेश र बागलुङ नगरपालिकाले अहम भूमिका खेलेको भन्दै आगमी दिनमा अधुरा रहेका काम पुरा गर्न यहाँका वडा अध्यक्ष, नगर उपप्मुख तथा नगर प्रमुखहरुलाई जिताउन आग्रह गर्नुभयो । यस्तै आमसभालाई सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नेकपा एमालेका उम्मेदवार तथा निर्वाचमान नगर प्रमुख जनकराज पौडेलले सिगानामा यो पाँच वर्षमा आधारभूत काम भएको र अन्य ठूला काम सडक कालोपत्रे, सबै घरमा खानेपानीका धारा लगायतका काम गर्न पुन निर्वाचनमा आएको बताउनुभयो । ‘सिगानामा नगर र वडाले धेरै काम गरेको छ, अहिले सडक सुधार भएर ट्याक्सी गुड्ने सडक भएको छ’ पौडेलले भन्नुभयो ‘यो पाँच वर्षमा बौडैचोर सम्म नभए वडा कार्यालयसम्म सडक कालोपत्रे गर्नेछौं, सबै घरमा खानेपानीका धारा पु¥याउछौं ।’

नस्तै राप्रपाबाट नगर उपप्रमुखको उम्मेदवार बन्नुभएका सन्जय खड्काले नगरपालिकाको विकासका लागि आफूले नयाँ योजना र सोचका साथ उम्मेदवार बनेको आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेब ागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार, बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्षका उम्मेदवार राजन जिसीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेकपा एमाले बागलुङ नगरपालिका–८ सिगानाका अध्यक्ष लाल बहादुर थापाको अध्यक्षता र सचिव अर्जुन खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *