गठबन्धनले बागलुङमा खाता खोल्यो, निसीखोलामा दलित महिला सदस्य निर्विरोध निर्वाचित

आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरि सकेको छ । प्रमाण निर्वाचित भएको प्रमाण पत्र मत गणनापछि मात्रै प्रदान गरिने गिरीले बताउनुभयो ।

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पाटी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच चुनाव हुने भएको छ । गाउँपालिका अध्यक्षका लागि एक स्वतन्त्र उम्मेदवार समेत रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, राप्रपाबाट कृष्णबहादुर मल्ल र स्वतन्त्रबाट अञ्चल शाहीले उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *