काठेखोलामा एमालेले बनायो चुनावी प्रचार योजना


रोशन जि.सी., बागलुङ

नेकपा एमाले काठेखोला बागलुङले चुनावी अभियान अन्तरगत ८ वटै वडामा निर्वाचन परिचालनको कार्ययोजना बनाएको छ । शनिवार सम्पन्न काठेखोला गाउँ कमिटिको वैठकले बैशाख १८ देखि २५ गतेसम्मका लागि ८ वटा वडामा अध्यक्ष र उपाध्यक्षका उमेदवार सहित सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरु सहितको घरदैलो, टोलभेला तथा चुनावी सभाको कार्यक्रम तय गरेको हो ।

एमालेले बैशाख १८ गते वडा नं. १ पाला, १९ गते वडा नं २ भिमापोखरा, बैशाख २० गते वडा नं. ३ धम्जा, २१ गते वडा नंं ४ तंग्राम, २२ गते वडा नंं ५ उपल्लो बिहु, २३ गते वडा नं. ४ तल्लो बिहु, २४ गते वडा नंं ७ रेश र बैशाख २५ गते वडा नं. ८ लेखानीमा चुनावी कार्यक्रम सम्पन्न गर्ने भएको छ । एमालेले सबै वडामा निर्वाचन परिचालन समिति, युवा परिचालन, महिला परिचालन लगायतको टोली बनाएर घरदैलो, भेटघाट तथा टोलभेला शुरु गरिसकेको छ ।

एमाले अध्यक्ष हिरा बहादुर केसीले एमालेलाई देशव्यापी रुपमा गठबन्धन लगायतका दलले गरेको घेरावन्दीका बावजुद पनि जनताले सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको भन्दै प्रत्येक मतदाताको घरमा गएर एमाले नेतृत्वका तिनवटै सरकारले गरेका राम्रा कामका बारेमा जानकारी गराउन आव्हान गर्नु भयो । उहाँले एमालेले मुलुक निर्माणका लागि गरेका कामको बारेमा जनतालाई स्पष्ट संग बुझाउन सके जनताले सूर्य बाहेक अन्यत्र मत नदिने दावी गर्नु भयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले ८ वडाको चुनावी अभियान र नेता तथा कार्यकर्ताको परिचालनका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम एमाले काठेखोलाका अध्यक्ष तथा पालिकाको अध्यक्षका उमेदवार डिल बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष युक्तप्रसाद कंडेलको स्वागत र सचिव विद्यामति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । वैठकले नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेर सूर्य चिन्हबाट काठेखोला ८ लेखानीमा वडा सदस्यको उमेदवार बनेका चन्द्रकुमार पुनलाई स्वागत गर्नुका साथै वडा नंं २ का विष्णुप्रसाद गौतम र वडा नंं ७ का कृष्ण कार्कीलाई पालिका कमिटि सदस्यमा मनोनयन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *