काठेखोलाको पालामा सडक र कृषि हाट बजार एमालेको प्राथमिकता


रोशन जि.सी., बागलुङ

नेकपा एमाले काठेखोला बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत आइतवार बिहानैदेखि वडा न. १ पालाका विभिन्न स्थानमा टोलभेला तथा घरदैलो कार्यक्रम सञ्चालन भएका छन् । पालाको खहरेस्थित पत्थरे, चनौटमा टोल भेला तथा दोविल्ला बजारमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।


काठेखोलामा एमालेका अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले एमालेले काठेखोलाका ८ वडालाई ८ पहिचान बनाएर काम गर्ने योजनाका साथ अगाडि बढेको भन्दै सूर्य चिन्हमा मतदान गरी एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नु भयो ।

काठेखोला गाउँपालिका वडा नं. १ लाई सहकारी खेती विस्तार गरी कृषि उपज संकलन तथा हाट बजार सञ्चालनको योजना बनाइएको उहाँले जानकारी दिनुभयो । पाला काठेखोलाको प्रवेश मार्गका रुपमा रहेकाले यहाँको सडक व्यवस्थित गर्ने लगायतका योजना बनाइएको उहाले बताउनुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य हुमा कुमारी जिसी (अञ्जु), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला सदस्य तथा उपाध्यक्षका उमेदवार कोपिला पुन, जिल्ला सदस्य तथा वडा न. १ का वडा अध्यक्ष उमेदवार गोविन्द बहादुर खड्का, नेकपा एमाले वडा नं. १ का अध्यक्ष भीम बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पालिकामा अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्की उपाध्यक्ष पदका उमेदवार कोपिला पुन, वडा नंं १ का वडा अध्यक्ष उमेदवार गोविन्द बहादुर खड्का र सदस्य पदकाका उमेदवारहरु महिला सदस्य चन्द्रकला रोका, दलित महिला सदस्य कमला विक, खुल्ला सदस्य दुर्गा बहादुर केसी र कर्ण बहादुर थापासहितको टोलीले आइतवार दिनभर पालाका विभिन्न टोलहरुमा भेला गर्नुका साथै घरदैलो कार्यक्रम गर्ने जानकारी पार्टीका वडा अध्यक्ष भीम बहादुर खड्काले जानकारी दिनुभयो ।

एमाले काठेखोलाले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत भोली बैशाख १९ गते वडा नं. २ भीमापोखरा, बैशाख २० गते वडा नं. ३ धम्जा, २१ गते वडा नंं ४ तंग्राम, २२ गते वडा नंं ५ उपल्लो बिहु, २३ गते वडा नं. ४ तल्लो बिहु, २४ गते वडा नंं ७ रेश र बैशाख २५ गते वडा नं. ८ लेखानीमा चुनावी कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *