निसीखोलामा भिरबाट लडेर एक जनाको मुत्यु

आदर्श अनलाइन, बागलुङ
निसीखोलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँबाट घाँस लिएर कालेखेत स्थित घरमा फर्किने क्रममा भिरबाट लडेर स्थानीय ५१ वर्षीय दिलमणी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

भिरबाट लडेर गम्भीर भएका थापालाई स्थानीय मेडिकलमा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काको भनाई छ । थापा करिब १५० मिटर तल खसेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *