यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

आदर्श अनलाइन, काठमाडौं
स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित केही स्थानहरुमा पानी पनि परेको छ ।

मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । ‘यस्तो अवस्था केही घण्टासम्म मात्र रहने देखिन्छ । त्यसपछि आकाश खुल्ने र अपराह्नपख पुनः बदली हुने सम्भावना छ,’ मौसमविद प्रधानाङ्गले भने ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *