भिमापोखराको निरलपाटामा एमालेको टोल भेला


रोशन जि.सी, बागलुङ
नेकपा एमाले काठेखोला गाँउपालिका वडा नं. २ भिमापोखरा निरलपाटा उमेदवार सहितको सहभागितामा टोल भेला सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा एमालेका काठेखोला गाँउपालिका का अध्यक्षका उम्मेदवार डिल बहादुर कार्कीले समानुपातिक विकास, सामाजिक रुपान्तरण र समृद्ध समाज निर्माणका लागि एमालेका उमेदवारहरुले विजयी गराउन आव्हान गर्नुभयो ।



कार्यक्रममा स्थानीय केशव बहादुर मल्लले निरलपाटाको विकासमा एमाले नेतृत्वको स्थानीय सरकारले महत्वपुर्ण काम गरेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा अध्यक्षका उमेदवार विद्यापति शर्मा, वडा सदस्यका उमेदवारहरु भीम बहादुर के.सी, सुरेश थापा, चन्द्रकला थापा र बुद्धिकला किसान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रम नेकपा एमाले काठेखोला गाँउपालिका वडा नं. २ भिमापोखराका वडा अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा र राम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । एमालेले काठेखोलाले वडा वडामा उमेदवार कार्यक्रम तयार गरी वडा भेला, चुनावी सभा सञ्चालन गरेको छ । एमालेले काठेखोला गाँउपालिका वडा नं. २ भिमापोखरालाई कृषि विशेष क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *