दोर्णपध्म प्रेम कुमारी मेमोरियल टस सम्मान २०७९ ओखलढुङ्गाका राजभण्डारीलाई

रोहन जि.सी बागलुङ
धञ्जुसिहं राजभण्डारी तथा दोर्ण–पध्म प्रेम कुमारी मेमोरियल टसको सम्मान कार्यक्रम सोमबार एक समारोहका बिच सम्पन्न भएको छ । बागलुङ नगरपालिका ३ निवासी राम राजभण्डारीले आफ्ना स्वर्गिय मातापिता दोर्ण राजभण्डारी, पध्म कुमारी र प्रेम कुमारी राजभण्डारीको नाममा स्थापना गरेको कोष बाट ओखलढुङ्गा निवासी ओखलढुङ्गा क्याम्पसका प्रमुख सुमन राजभण्डारी लाई नगद २५ हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै धञ्जुसिहं राजभण्डारीले स्थापना गरेको कोषबाट बागलुङ बजार निवासी सुवास राजभण्डारी र युवराज राजभण्डारी लाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेको कोषका सचिव युक्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा कोषका संरक्षक कृष्णलाल राजभण्डारी, सम्मानित सुमन राजभण्डारी, प्राज्ञ प्रेम छोटा, सुवास राजभण्डारी, लालकाजी राजभण्डारी, युवराज राजभण्डारी, समाजसेवी राधेश्याम राजभण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मानित व्यक्तिलाई कोषका अध्यक्ष काजि रोशन र संरक्षक कृष्णलाल राजभण्डारीले सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा बिजया राजभण्डारीद्धारा लिखित नामक लक डाउन नामक पुस्तक बिमोचन समेत गरिएको थियो । पुस्तकको समिक्षा महेशचन्द्र प्रधानले गर्नुभएको थियो । कार्यक्रम कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता, कोषाध्यक्ष अशोक गोबिन्द राजभण्डारीको स्वागत मन्तव्य र सविच युक्तजङ्ग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *