सत्तारुढ गठबन्धनको प्रतिबद्धताः बागलुङ नगरमा बेरोजगारलाई रोजगारीदेखि एक घर एक धारा

आदर्श अनलाइन, बागलुङ
स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढेको सत्तारुढ पाँच दलिय गठबन्धनले बागलुङ नगरपालिका स्तरिय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘समुन्नत बागलुङ निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गठबन्धनले आगामी ५ वर्षमा बागलुङ नगरपालिकाको लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको हो ।

गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठ र उपमेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का राजु खड्काले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

प्रतिवद्धता पत्रमा आर्थिक विकास क्षेत्र तर्फ कृषि तथा पशुपालन, सिंचाई, सम्पदा संस्कृति एंव पर्यटन, उद्योग व्यवसाय तथा रोजगारी र बैंक, वित्तिय सेवा र सहकारीका विषयलाई जोड दिईएको छ ।

आगामी ५ वर्षमा एक घर एक धारा कार्यक्रमलाई टोलटोलमा पु¥याइने र श्रम वैंकको स्थापना गरि बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउने उल्लेख गरिएको छ । सामाजिक विकासको क्षेत्रमा शिक्षा तथा नव प्रवद्र्धन, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशिकरण र युवा तथा खेलकुदका विषयलाई जोड दिईएको छ । पूर्वाधार विकास तर्फ सडक यातायात, अवास, भवन, वस्ती तथा शहरी विकास, वैकल्पिक उर्जा, सञ्चार तथा प्रविधि, फोहोरमैला व्यवस्थापनका तथा दिगो ढलनिकासको विषयलाई प्राथमिकता दिइएको छ ।

प्रतिवद्धता पत्रमा वन, वातावरण तथा विपद् व्यवस्थाप, संस्थागत विकास तथा सुशासन लगाएतका विषय उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *