विधान कार्की स्मृति कोषबाट जनकल्याणका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


रोहन जि.सी., बागलुङ

स्वर्गीय विधान कार्कीको स्मृतिमा स्थापित विधान कार्की स्मृतिकोषले जनकल्याण आधारभूत विद्यालय रेश तिङरिङका २ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । काठेखोला गाउँपालिका वडा नं. ७ साविक रेश गाविस वडा नं. १ भिरमुनी निवासी स्वर्गीय विधान कार्कीको स्मृतिमा मामा राम बहादुर जिसी र माइजु हुमा कुमारी जिसी (अञ्जु) ले स्थापना गरेको विधान कार्की स्मति कोषबाट २ जना विद्यार्थीलाई विपन्न विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।

कक्षा ४ का यज्ञ कुमारी थापा र कक्षा ५ का रोहित शर्मालाई कोषका सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले पोशाक र शैक्षिक सामग्री प्रदान गर्नु भएको थियो । रेश भिरमुनी निवासी स्व. विक्रम कार्की र लिला कार्कीका छोरा विधान कार्कीको १५ वर्षको उमेर दुर्घटनामा परी २०६७ चैत १६ गते निधन भएको थियो । स्वर्गीय विधान कार्कीको स्मृतिमा मामा र माइजुका तर्फबाट ५० हजार रुपैयाको विधान कार्की स्मृति कोष स्थापना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिसी, विद्यालयका प्रधानाध्यापक थम्मन बहादुर जिसी, स्थानीय समाजसेवी डम्मर बहादुर थापा (ढक), उमालाल शर्मा, शिक्षकहरु लक्ष्मण थापा, निरमाया शर्मा र शान्ति थापा, पूर्व शिक्षक याम बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षता, शिक्षक विष्णुप्रसाद गौतमको सञ्चालन र शिक्षक टिका थापाको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच जनकल्याण आधारभूत विद्यालयले २०७८ सालको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरी प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई सोही अवसरमा पुरस्कृत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *