प्रचण्ड र माधवका कारण समाजवादको यात्रा अलमलियो : नेपाली

रोशन जि.सी., बागलुङ
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले नेपाली जनताले विश्वास गरेर दिएको जनमत देउवाको झोलीमा राखेर बामपन्थी राजनीतिलाई कमजोर बनाउने प्रचण्ड र माधव नेपालहरुका कारण मुलुक अस्थिरतातर्फ अग्रसर बनेको बताउनु भएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत मंगलवार वडा नं. ३ धम्जामा आयोजित चुनावी सभामा बोल्दै नेपालीले यस्तो बताउनु भएको हो । नेपाली जनताले बामपन्थी शक्तिलाई सत्तामा पठाएर मुलुक परिवर्तन गराउन चाहन्थे, एमाले नेतृत्वमा बनेको सरकारले समृद्धिका थुप्रै योजना अगाडि ल्याएको थियो, तर प्रचण्ड र माधव नेपालहरुले जनताले दिएको अभिमत पूँजिवादी शक्ति नेपाली कांग्रेसलाई दिएर समाजवादको यात्रा रोकेको नेपालीको आरोप छ ।

No description available.

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले गठबन्धनका नाममा एमाले विरुद्ध गरिएको घेरावन्दीका विरुद्ध गाउँ गाउँका जनताले संगठित भएर एमाले जिताउने अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले जनतालाई एमालेले मात्रै मुलुक निर्माण गर्न सक्छ भन्ने विश्वास भइसकेकोले कसैले गठबन्धन वा अन्य नाममा एमाले सक्ने योजना बनाउदैमा एमाले कमजोर नहुने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण केसीले बामपन्थी विचारबाट विचलित हुदै गएका प्रचण्ड र माधव नेपालले देउवालाई काधमा बोकेर समाजवादको यात्रा पुरा गर्ने उल्टो बाटो हिडेकोले देशभक्त र बामपन्थी शक्तिहरुले एमालेलाई रोज्नु पर्नेमा जोड दिनुभयो ।

एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले २०४६ सालको परिवर्तन पछि नै धम्जा एमालेको किल्लाका रुपमा स्थापित हुदै आएको र बैशाख ३० गते हुने निर्वाचनमा पनि धम्जावासीले आफ्नो विरासत कायम राख्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य हुमा कुमारी जिसी (अञ्जु), प्रदेश कमिटि सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, इञ्जिनियर एशोसियन गण्डकीका संयोजक खिमानन्द कंडेल, एमाले जिल्ला सदस्य प्रेम बहादुर श्रीस लगायतले बैशाख ३० गतेसम्म सचेत भएर जनतालाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न आव्हान गर्नु भएको थियो ।

काठेखोलामा एमालेका तर्फबाट अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन र वडा नंं ३ का अध्यक्षका उमेदवार कुल बहादुर विकले धम्जा र सिंगो काठेखोलाको विकासका लागि एमालेले बनाएको प्रतिवद्धता पत्रमा उल्लेख भएका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्नका लागि एमालेको सूर्य चिन्हमा मतदान गर्न आव्हान गर्नु भयो ।

एमाले काठेखोलामा ८ वडा ८ पहिचानका रुपमा प्रत्येक वडाको विशेषताका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । धम्जालाई पर्यटनको विशेष क्षेत्र र आलुको पकेट क्षेत्रका रुपमा विकास गर्नुका साथै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिवद्धता उमेदवारहरुले व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम एमाले धम्जाका अध्यक्ष खीम बहादुर छन्त्यालको अध्यक्षता, उपाध्यक्ष प्रेम बहादुर घर्तिको स्वागत र सचिव सूर्य बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *