एमालेको जलजलामा चुनावी अभियान तिब्र


आदर्श अनलाइन, पर्वत
एमालेले आफ्नो प्रचारप्रसार लाई तिब्र रुपमा अगाडी बढाएको जलजला गाउँपालीकाले विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाएको छ ।

जनताले भोट दिएर जिताएमा जलजलाका मुख्य कच्चि सडक कालोपत्र गरिने योजना सहित जलजलाको विभिन्न स्थानमा घरदैलो कार्यक्रमलाई तिब्रता दिइएको जलजलाका गाउँपालिकाका एमाले तर्फका अध्यक्ष पदका उम्मेदवार लाल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पाँच बर्षमा जलजलामा देखिने बिकास खै के भयो न यहाँ कुनै ठुला बिकासका योजना आए न जनताले खाने पानी नै पाए ।’ काग्रेसले बिकासको कुनै रणनीति बनाउन नसकेको ले अब आफुलाई जलजला बासिले भोट दिएर बिजयी गराए सगै आफ्नो पाँच बर्षे कार्यकालमा बिद्यमान समस्याको समाधान गरिने अधिकारीले बताउनुभयो ।

उहाँले सम्पुर्ण टोलमा गोरेटो बाटो र शिक्षा स्वास्थ्यमा समेत आफुले बिभिन्न योजना ल्याउने बताउनुभयो । साथै पालिकाको पहँच बाट नाङ्लीबाङ र बनौलार्ई समेटेर हेल्प डेक्स समेत स्थापना गरिने उहाँको भनाई छ । नेकपा एमालेलाई बिजयी गराउन नाङ्गलीवानमा जनता निकै उत्साहीत र लालाहित भएका जलजलाका प्रचार बिभाग प्रमुख भिमसेन बराइलिले जानाकारी दिनुभयो ।

यस्तै उपाध्यक्षका उम्मेदवार सुनिता बरुवाल जिसीले आफूहरुले विकास र समृद्धिको योजना सहित गाउँमा मत माग्न हिडेको बताउनुभयो । यस्तै जलजला गाउँपालिका–८ का वडा अध्यक्षका उम्मेदवार अनिता रेग्मी महिला सदस्य पार्बती कार्की, दलित महिला सदस्य कमला दमै, खुल्ला सदस्य जिबन्धर रेग्मी र खुल्ला सदस्य ज्ञानु नेपालीले जलजला गाउँपालिका–८ को विकासका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *