काठेखोलाको धम्जा र बानपाको भकुण्डेमा गठबन्धनको चुनावीसभा


आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धनको काठेखोलामा चुनावी सभा धम्जामा सम्पन्न भएको छ । काठेखोला—३ धम्जामा आयोजित चुनाव सभामा बोल्दै गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले जनप्रतिनिधि निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगाउने बताउनुभयो । उहाँले कुराले भन्दा पनि काम गरेर देखाउन चाहेको भ न्दै आफ्नो टिमलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका—३ का वडाध्यक्षका उम्मेदवार यामबहादुर श्रीसले पुराना कामलाई पूर्णता दिनका लागि आफु फेरी उम्मेदवार बनेको बताउनुभयो । उहाँले कृषिलाई व्यवसायिक बनाउने, पर्यटकीय धार्मिक स्थललाई विशेष प्राथमिकता दिने, शिक्षा स्वास्थ्यमा योजनावद्ध गुणस्तरवृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माले केपी ओलीको अराजकताबाट देशलाई बचाउन आफुहरुले विद्रोह गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश संसदीय दलका नेता पियारी थापा सुप्रभा, संविधान सभा सदस्य केशरी घर्ती, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा, नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य होमबहादुर हमाल लगायतले बोलेका थिए ।

नेपाली काँग्रेस धम्जाका सभापति दीपेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत काँग्रेस गण्डकी प्रदेश महाधिवेसन प्रतिनिधि प्रकाश राना र सञ्चालन एकीकृत समाजवादी पार्टीका नविन थापाले गरेका थिए ।

यस्तै पाँच दलीय गठबन्धन बागलुङ नगरको चुनावी अभियान बानपा—१० भकुण्डेमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले भकुण्डको पर्यटन विकासका आफुले योजनावद्ध रुपमा काम गर्ने बताउनुभयो । उहाँले भकुण्डेलाई गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलो सडक पूर्वाधारलाई प्राथमिकता दिने बताउनुभयो ।
उहाँले भकुण्डेको समग्र विकासका लागि त्यहाँका समुदायसंग हातेमालो गर्ने बताए । कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार राजु खड्काले बागलुङ नगरको विकासका लागि स्पष्ट योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्षका उम्मेदवार तिलबहादुर थापाले वडाको विकासका लागि वडाबासीसंगस समन्वय र सहकार्य गरेको काम गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसकी पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति दीपेन्द्रबहादुर थापा, एकीककृत समाजवादी पार्टी बागलुङका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तिलबहादुर शाही लगायतले बोलेका थिए । नेपाली काँग्रेस भकुण्डेका उपसभापति डिल्लीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एकीकृत समाजवादी पार्टीका सीता थापा र सञ्चालन नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य रेशम थापाले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *