भकुण्डेमा पर्यटकीय पूर्वाधार विकास गर्छौं-बसन्तकुमार श्रेष्ठ

आदर्श अनलाइन, बागलुङ
पाँच दलीय गठबन्धन बागलुङ नगरको चुनावी अभियान बानपा—१० भकुण्डेमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले भकुण्डको पर्यटन विकासका आफुले योजनावद्ध रुपमा काम गर्ने बताउनुभयो । उहाँले भकुण्डेलाई गन्तव्यको रुपमा विकास गर्नका लागि पहिलो सडक पूर्वाधारलाई प्राथमिकता दिने बताउनुभयो ।

‘भकुण्डे पर्यटकीय गाउँ हुँदा हुँदै पनि उहाँको उचित विकास हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिलो भकुण्डे हुँदै रायडाँडासम्मको मोटरबाटो कालोपत्रे गर्ने हाम्रो योजना छ । यसले गर्दा गर्दा यहाँको पर्यटनको सम्भावनालाई अझ बढि उजागर गर्छ ।’

उहाँले भकुण्डेको पर्यटनसंगै खेलकुदर विद्यालय तथा स्वास्थ्य क्षेत्रको विकासका लागि पनि आफुहरुले मुख्य ध्यान पु¥याउने बताउनुभयो । उहाँले भकुण्डेको समग्र विकासका लागि त्यहाँका समुदायसंग हातेमालो गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार राजु खड्काले बागलुङ नगरको विकासका लागि स्पष्ट योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । ‘नगर विकासको योजना हामीसंग छ,’ उहाँे भन्नुभयोे, ‘कुन ठाउँमा के आवश्यक छ भन्ने विषयलाई प्राथमिकता दिएर काम गर्छौं ।’ उहाँले नगर विकासका लागि अल्पकालीन र दीर्घकालिन योजना बनाएर कार्यान्वयन गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार तिलबहादुर थापाले वडाको विकासका लागि वडाबासीसंगस समन्वय र सहकार्य गरेको काम गर्ने बताउनुभयो ।

कार्यक्रममा वामपन्थी नेता खिमबहादुर थापाले एमालेले काम गर्छ भन्ने विश्वास नभएका कारण पार्टी परित्याग गरेर गठबन्धनलाई सहयोग गर्न आफु अगाडि बढेको बताउनुभयो । ‘हामीलाई विश्वास थियो, एमालेले काम गर्छ, त्यही भनेर गत निर्वााचनमा जिताएर पठायौं,’ उहाँले भन्नुभयो,‘यो पाँच वर्षको अवधीमा कुनै देखाउन मिल्ने काम गर्न सकेन । अहिले म पार्टी नै छोडेर गठबन्धनका उम्मेदवारलाई सघाउन हिँडेको छु । एमालेप्रतिको मेरो विश्वास र भरोसा हराएका कारण पार्टी छोडेको हुँ ।’ उहाँले पार्टीभित्रै बसेर अन्तरघात गर्नुभन्दा खुलेआम स्वतन्त्र भएर गठबन्धनलाई सहयोग गर्ने निचोडमा आफु पुगेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाली काँग्रेस बागलुङका निवर्तमान पार्टी सभापति दीपेन्द्रबहादुर थापा, एकीककृत समाजवादी पार्टी बागलुङका अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तिलबहादुर शाही लगायतले बोलेका थिए । नेपाली काँग्रेस भकुण्डेका उपसभापति डिल्लीप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत एकीकृत समाजवादी पार्टीका सीता थापा र सञ्चालन नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य रेशम थापाले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *