काठेखोला–५ उपल्लो बिहुँका विभिन्न स्थानमा एमालेको चुनावी अभियान

रोशन जि.सी, बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत बिहीवार वडा नं. ५ उपल्लो बिहुका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएका छन् । बिहुँको जुकेपानी, राइटेपोखरी, कर्लिम लगायतका स्थानमा चुनावी सभा गरी एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको उमेदवारलाई विजयी गराउन मतदाताहरुलाई आव्हान गरेको छ ।

राइटेपोखरीमा आयोजित चुनावी सभामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य राम बहादुर जिसीले काठेखोला गाउँपालिकाकै पर्यटकीय गन्तव्यका रुपमा उपल्लो बिहुलाई निर्माण गर्ने अभियान एमालेले सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा एमाले काठेखोलाका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन वडा अध्यक्षका उमेदवार हिम बहादुर क्षेत्री, वडा सदस्यका उमेदवारहरु प्रेम पुन, राधिका नेपाली, शान्ति विक र ऋषिराम कंडेलले काठेखोलाको समृद्धि र विकासका लागि आफुलाई मतदान गर्न आव्हान गर्नु भएको थियो ।

काठेखोला ५ मा एमाले र राप्रपा बीच चुनावी तालमेल भएको छ । एमालेले वडा अध्यक्ष सहित ३ जना सदस्य तथा राप्रपाले १ जना वडा सदस्यका लागि उमेदवारी दिएका छन् । गत स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उमेदवार ४२ मतले पराजित भएको वडा नं. ५ मा यस पटक एमाले र राप्रपाका उमेदवारले विजयी हासिल गर्ने गरी अभियान सञ्चालन गरको एमाले वडा अध्यक्ष हिरालाल सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *