अध्यक्षमा जितेपछि व्यक्तिगत सेवा सुविधा लिन्न : एमाले उम्मेदवार कार्की

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले गाउँपालिकाको अध्यक्षमा विजयी भएपछि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

राजनीतिलाई सामाजिक सेवाका रुपमा लिएको छु, व्यक्तिगत रुपमा गाउँपालिकाले अध्यक्षलाई दिने सेवा सुविधा गाउका जनताको सामाजिक कार्यमा लगाउनेछु, अध्यक्ष कार्कीले आज बिहान आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ, अध्यक्ष पदमा विजयी भएपछि पाउने सेवा सुविधा गाउँको विकासमा लगाउनेछु ।

मेरो परिवार नै सामाजिक सेवा गर्दै आएको परिवार हो, मेरो बुवाले काठेखोला गाउँपालिका ७ साविक रेश गाविसमा २५ वर्ष प्रधानपञ्च भएर गाउँको विकासमा योगदान गर्नु भयो, मैले बुवाबाट सामाजिक सेवा कसरी गर्ने भन्ने बुझेको छु, अध्यक्षका उमेदवार कार्कीले भन्नुभयो–मैले राजनीतिबाट आर्थिक रुपमा केही लिनु छैन, राजनीतिमार्फत गाउपालिकाको विकासमा प्रतिवद्ध भएर लाग्छु ।

एमालेले काठेखोला गाउँपालिकाको विकासका लागि ८ वडा ८ पहिचानको कार्यक्रम बनाएर मलाई प्रतिवद्धता सहित चुनावी मैदानमा खटाएको छ,, एमालेको प्रतिवद्धता अनुसार समृद्ध काठेखोला निर्माणमा सबैको सहयोग लिएर काम गर्नेछु, कार्कीले भन्नु भएको छ ।

यो पनि पढ्नुहोस्