निर्वाचनलाई भयरहित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइँदै

आदर्श अनलाइन, बागलुङ
चुनावको मिति नजिकिएसँगै बागलुङमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन थालिएको छ । चुनावलाई स्वच्छ र भयरहित बनाउन सुरक्षा व्यवस्थालाई थप चुस्त पारिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङले मतदान केन्द्रलाई वर्गीकरण गरि सकेको छ । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यमा गरि वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

संवेदनशीलताका आधारमा सुरक्षा रणनीति तयार पारेको उहाँको भनाई । विगतका घटनाको विश्लेषण, मतदाता संख्या, भौगोलिक अवस्थिति, मतदान केन्द्रको दुरी र राजनीतिक शक्ति सन्तुलनलाई हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको ज्ञवालीको भनाई छ ।

ज्ञवालीका अनुसार मतदान केन्द्रको भित्रि सुरक्षामा जनपद र म्यादी प्रहरी, बाहिरी सुरक्षा घेरामा सशत्र प्रहरी र नेपाली सेना रहने छन् । जिल्लाभर करिब एक हजार म्यादी र सात समय नेपाल प्रहरी खटिने उहाँको भनाई छ । हाल जिल्लामा सीमित नेपाल प्रहरी रहेको हुँदा अन्य जिल्लाबाट समेत मगाउने ज्ञवालीले बताउनुभयो । ‘जिल्लाभर गरी करिब एक हजार म्यादी र सात सय बढी नेपाल प्रहरी खटिदैछन्,्’ प्रहरी उरीक्षक ज्ञवालीले भन्नुभयो ‘अहिले सुरक्षाकर्मी मतदान केन्द्रमा पुग्न थालिसके, जिल्लामा सीमित प्रहरी रहेको हुँदा बाहिरबाट समेत थप जनशक्ति मगाएका छौँ ।’

सुरक्षा संवेदनशीलतालाई हेरेर आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिने उहाँको भनाई छ । जिल्ला अधिकारी रमेश ढकालले जिल्लाका सबै मतदान केन्द्रको स्थगलत अध्ययन गरेर चुनावी सुरक्षा योजना बनाइएको बताउनुभयो । उहाँले अहिलेसम्म दलका चुनावी अभियान शान्तिपूर्ण रहेको र चुनाव विरोधी गतिविधि कतै पनि नदेखिएको बताउनुभयो ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको हुँदा मतदाताले निर्धक्कसँग मतदान केन्द्रमा पुगी आफ्नो मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालय बागलुङले आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले मतदान केन्द्र केन्द्रित तयारी सुरु भएको बताउनुभयो । उहाँका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन् ।

मतदान अधिकृतसहित जनशक्तिको व्यवस्थापन लगायत चुनावको व्यवस्थापकीय काममा गरिरहेको उहाँको भनाई छ । जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन् । नयाँ पाँच ६४२ र पुराना एक लाख ८८ हजार ३३ गरि एक लाख ९३ हजार ६७५ मतदाता रहेका छन् । १० पालिकामा आवश्यक ४४५ पदका लागि १०९१ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *