सामाजिक न्याय स्थापित गर्न एमालेलाई जिताऔं

रोशन जि.सी, बागलुङ
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघीय सांसद मनकुमारी के.सी जि.सीले सामाजिक न्यायको आर्थिक विकास र समृद्धिका लागि नेकपा एमालेका उमेदवारलाई विजयी गराउन आव्हान गर्नुभयो ।

नेकपा एमाले काठेखोला गाँउपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत वडा नं. ६ ले किम्बोटमा आयोजना गरेको चुनावी सभामा बोल्दै के.सीले यस्तो बताउनु भएको हो ।

मुलुुक पूँजीवाद कि समाजवाद तर्फ जाने भन्ने अवस्थामा रहेको चर्चा गर्दै उहाँले एमालेको नेत्तृत्वमा मात्र समाजवादको यात्रा सफल हुने भएकोले तिन वटै सरकारमा एमालेको नेत्तृत्व आवश्यक रहेको बताउनुभयो ।

एमालेको नेत्तृत्वमा राष्ट्रियता, लोककल्याणकारी राज्य स्थापना, समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा उल्लेख्य काम भएको र तिनै कामका आधारमा जनताले एमाले खोजेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुमाकुमारी जि.सी (अञ्जु), प्रदेश कमिटी सदस्य रामबहादुर जि.सी, जिल्ला कमिटी सदस्य नविन कंडेल, राप्रपा वडा कमिटी अध्यक्ष डिलाराम कंडेल लगायतले काठेखोला गाँउपालिकाको समृद्धिका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले काठेखोला गाँउपालिका अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले एमालेले बनाएको जनमुखी प्रतिबद्धता पत्र सहित चुनावमा होमिएको र त्यही प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो । उहाँले अध्यक्ष जितेपछि आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट वडा नं. ६ मा वडा अध्यक्ष पदका उमेदवार हरिलाल कंडेल, वडा सदस्यका उमेदवार लिलाधर ढुंगाना, सन्दिप कंडेल, माधवी कंडेल र कान्त वि.कले वडाका समस्या पहिचान गरी सकेका छौं, समस्या समाधानका लागि सबै संग सहकार्य, समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेकपा एमाले काठेखोला गाँउपालिका वडा नं. ६ का अध्यक्ष थानेश्वर कंडेलको अध्यक्षता, एमाले काठेखोलाका उपाध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलको सञ्चालन र बालानन्द कंडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *